निजी शैक्षिक संस्थाको योगदानलाई सरकारले कदर गर्नुपर्नेमा सरोकारवालाको जोड

म्याग्दी । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल प्याब्सन म्याग्दीद्वारा आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले निजी शैक्षिक संस्थाको योगदानलाई सरकारले कदर गर्नुपर्ने बताएका छन ।

शुक्रबार बेनीमा आयोजित कार्यक्रममा निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको तर सरकारले कुनै मुल्यांकन नगरेकामा उनिहरुले गुनासो गरेका हुन ।

प्याब्सन म्याग्दीका सल्लाहकार हरिकृष्ण श्रेष्ठले सरकारले निजी शैक्षिक संस्थाप्रति उदार नीति लिन जरूरी भएको बताउनुभयो । सरकारले निजी शैक्षिक संस्थाप्रति उदार नीति लिन नसके शैक्षिक क्षेत्र धराशायी हुने उहाँको भनाइ थियो ।

प्याब्सन गण्डकी प्रदेशका सदस्य एवम् माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीले पटक पटक निजी विद्यालयमाथि आक्रमण गरिरहनुको सट्टा सरकारले सर्वमान्य नियमन गर्न जरूरी रहेको बताउनु भयो ।

’सरकारले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० लागु गरेर निजी सम्पत्तिलाई राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न खोजेको हो । कसैको निजी सम्पत्तिलाई राष्ट्रियकरण गर्ने अधिकार र छुट सरकारलाई छैन, उहाँले भन्नूभयो ।

प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले प्रस्तावित शिक्षा विधेयक २०८० बाहिरिएको जस्तो नभएको सरकारले बताइरहेका कारण अबको संवाद र बहस कस्तो विधेयक निर्माण गर्ने भन्नेमा केन्द्रित रहनुपर्ने बताउनुभयो । ’पाँच वर्षभित्रमा शिक्षा क्षेत्रको लगानीलाई गुठीकरण गरिरहँदा अन्य निजी क्षेत्रलाई के गर्ने भन्ने पनि छ । तसर्थ हरेक निजी क्षेत्रलाई कसरी व्यवस्थित बनाउने भन्नेमा राज्य लाग्नुपर्छ ।’ अध्यक्ष पुनले भन्नुभयो ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा भएका कमिकमजोरीलाई ओैँल्याउनु भयो । नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले गुणस्तरीय शिक्षामा निजी शैक्षिक संस्थाले पु¥याएको योगदान सरकारले बिर्सने नहुने बताउनुभयो ।

अभिभावक विष्णु रोकाले लामो समयदेखि अल्झिएको शिक्षा ऐन हतारमा आएको बताउनु भयो । उहाँले भन्नुभयो ’शिक्षाजस्तो संवेदनशील क्षेत्रमा निर्माण गरिने ऐनमा हतार गर्न नहुने हो । सरोकारवालासँग छलफल तथा परामर्श गरेर मात्र अगाडि बढ्नुपर्छ । कार्यक्रममा शिक्षकहरुको तर्फबाट नगेन्द्र गौतम, कृष्ण जिसी, शैलेस श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गनुभएको थियो ।

You can share this post!

बेनी जोमसोम कोरला सडक खण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द

म्याग्दीमा तिव्र रुपमा फैलिदै ‘लम्पी स्किन’ रोग, हाल सम्म ७२६ गाईगोरु मरे

Related posts