म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी चयन हुनुभएको छ । मोना अमेरिकाको दोस्रो अधिवेशनबाट बर्ष २०२३–२५ कार्यकालका लागि म्याग्दीको धवलागिरी गाउँपालिका ३ फलिया गाउँ घर भई हाल बाल्टीमोरमा बस्दै आउनुभएका भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र केसी, उपाध्यक्षमा विराट श्रेष्ठ, तारा गौचन, संजिव बानियाँ, महासचिवमा राहुल केसी, सचिवमा विरेन्द्र कुमार चन्द, कोषाध्यक्षमा सिता पुन, सहकोषाध्यक्षमा प्रेम छन्त्याल र महिला संयोजकमा कला केसी चयन हुनुभएको छ ।
त्यसैगरि वोर्ड अफ डाईरेक्टरमा केश पुन, टिका रिजाल, ओमप्रकाश केसी, सुदिप केसी, शिव छन्त्याल, अरुण भण्डारी, अनिस भण्डारी हरनुभएको छ ।
अधिवेशनको मोना अन्तराष्ट्रिय कार्य समितिका अध्यक्ष अमर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि छन्त्यालले मोना संस्थाले विश्वभर छरिएर रहेका म्याग्देलीहरु विचको भावनात्मक एकता कायम गरि सहकार्य गर्न वातावरणको सृजना गराएको बताउनुभयो ।
प्रवासमा रहेरपनि जिल्लाको विकास र सामाजिक गतिविधिहरुमा मोनाले महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै विभिन्न देशहरुमा रहेका म्याग्देलीहरुलाई मोनामा आवद्ध हुन समेत आग्रह गर्नुभएको थियो ।
अधिवेशन मोना अमेरिकाका निर्वतमान अध्यक्ष रघुनाथ सुवेदीको अध्यक्षता सम्पन्न भएको थियो । मोना अमेरिकाले सामाजिक विकास तथा मानविय सेवाको क्षेत्रमा रचनात्मक गतिविधिहरु संचालन गर्दै आएको छ ।