नेपाल उघोग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुविरकुमार श्रेष्ठ विजयी हुनु भएको छ । संघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ ९८ मत ल्याएर ११ औं स्थानमा खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा विजयी हुनु भएको म्याग्दी उघोग बाणिज्य संघका सह–सचिव नारायण जिसीले बताउनु भयो । म्याग्दी उघोग बाणिज्य संघका पुर्व उपाध्यक्ष तथा गण्डकी प्रदेशका कार्यासमिति सदस्य श्रेष्ठले म्याग्दीको सदरमुकाम बेनीमा व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।
श्रेष्ठले केन्द्र सदस्यमा विजयी भए पच्चात विजयी बनाउन भोट गर्ने प्रचार प्रसार गर्न सहयोग गर्ने तथा आफ्ना सम्पूर्ण सुभेक्षुकहरुलाई धन्वाद दिदै उघोगी र व्यवसायि लाई सफल बनाउने तथा व्यवसायिहरुको समस्या समाधान गर्ने काममा आफ्नो पहलकदमी रहने बताउनु भयो ।