छोटियो अन्नपूर्ण आधार शिविरको यात्राः बढ्न थाले पर्यटक

म्याग्दी । ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण प्रथम हिमालको वेशक्याम्प २२ किलोमिटरको पैदल यात्रामा पुग्न सकिने भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ मा पर्ने यो हिमालको आधार शिविरमा हिड्न सक्नेहरु एकै दिन र विदेशी पर्यटकहरु ३ दिनमा पुग्ने गरेका छन् ।

अन्नपुर्ण हिमाल विश्वको दशौं र नेपालको नवौं अग्लो हो । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र अर्का पर्वतारोही लुइस लचेनलले पहिलोपटक यसको आरोहण गरेका थिए । त्यसपछि हिमाल आरोहणका लागि बर्षेनी स्वदेशी तथा विदेशी आरोही पुग्ने गरेका छन् ।

आरोहीहरु कि त हेलिकप्टरमार्फत वेशक्याम्प जान्थे कि म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ नारच्याङदेखि ४२ किलोमिटरको पदमार्ग हँुदैं बेशक्याम्प पुग्थे । तर अहिले हुमखोलामा निर्माणाधीन निलगिरी जलविद्युत आयोजनाले हुमखोलासम्म कच्ची ट्रक्याक खोलेसंगै आधारशिविरमा पुग्ने पदमार्ग छोट्टिएको छ ।

हुमखोलादेखि सन्धीखर्क, भुस्केटमेला सुनखोला हुँदै आधारशिविर पुग्न २२ किलोमिटर पैदल यात्रा गरे पुग्छ । हिड्न सक्नेहरु एकै दिनमा पनि पुग्ने गरेका छन् ।

आधारशिविर हिडेका पर्यटकहरुलाई हुमखोलादेखि नै अन्नपूर्ण हिमालको हिमश्रृंखलासहित नीलगिरि, तिलिचो पिक, बराह शिखर लगाएतका एक दर्जन हिम शिखरले लोभ्याउँ छ । जब पर्यटहरु अन्नपुर्ण हिमालको आधार शिविरमा पुग्छन् तब बाटोका दुःख विर्सँदै हिमालको सुन्दरतामा आफुलाई भुलाउँछन् ।

आधार शिविर उक्लिँदै गर्दा बाटोमा देखिने गुराँसका जंगल, कञ्चन खोल र मनमोहक झरनाले पर्यटकलाई लठ्याउने गरेको छ । निकै कम जोखिम भएको पदमार्गको प्रयोग गरि १ देखि २ दिनभित्रै पुग्न सकिने सुन्दरताले भरिएको अन्नपुर्ण हिमालको आधार शिविरमा पूर्वाधार विकाससँगै आन्तरिक तथा वाह्य पर्यटकको आगमन समेत बढ्न थालेको छ ।

You can share this post!

धवलागिरीको गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन

‘पुन’ छुट्टै जाति होइन भन्दै नेपाल मगर संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Related posts