बेनीमा प्रथम म्याग्दी भलिवल रनिङ कपको ट्रफी सार्वजनिक

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले आगामी पुस ५ गते विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगीता संचालन गर्ने भएको छ ।
संघले आयोजना गर्ने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको हो ।

जिल्ला भलिवल संघको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतको उपस्थितमा प्रथम म्याग्दी भलिवल रनिङ कपको ट्रफी सार्वजनिक गरिएको हो ।

अन्तर विद्यालयस्तरीय छात्रा÷छात्र भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश रु. ५० हजार र ३० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बानियाँले बताउनुभयो । उहाँले विद्यालयस्तरबाट पहिचान भएका प्रतिभावान नयाँ खेलाडीलाई भलिबल खेल क्षेत्रको आधारभूत ज्ञान, सिप, कला सिकाउने र प्रदेश र संघमा हुने प्रतियोगितामा सहभागि गराउने योजनासहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोतिगामा उत्कृष्ट स्पाईकर, सेटर व्लकर, क्विकर, सर्भर, डिफेन्डर, उत्कृष्ट खेलाडी र टिमकोचलाई पनि ट्रफीद्वारा सम्मान गरिने छ ।
ट्रफी सार्वजनिक गर्दै जिसस प्रमुख थापाले प्रतियोगिताले विद्यालयस्तरमा रहेका नयाँ खेलाडी पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भलिवल खेललाई ब्यवस्थित रुपमा अघि बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा हुने विद्यालयस्तरको प्रतियोगिताले विद्यालयस्तरमा अतिरिक्त क्रियाकलाप सक्रियता बढाउन प्रेरित गर्ने बताउनुभयो । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले खेल क्षेत्रमा राज्यको लगानी कम भएकोले प्रतिभावान खेलाडी पलायन हुन परेको भन्दै खेल क्षेत्रमा लगानी बढाएर नयाँ खेलाडी उत्पादनमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । प्रतियोगिता संचालन गर्नका लागि ‘गौमति खत्री विकास कोष’ले १० बर्षका लागि वार्षिक रु २ लाख रुपैयाँ सहयोग गर्दै मुख्य प्रायोजक बनेको छ ।

You can share this post!

एन्जल हार्ट कलेज काठामाडौँद्वारा म्याग्दी, बाग्लुङ र पर्वतमा छात्रवृत्ति विशेष कार्यक्रम

बेनीको लिटल गार्डेन एकेडेमीद्धारा सरसफाईकर्मीलाई सम्मान

Related posts