होटल ब्यवसायी संघद्वारा मृगौला रोगी रोकाको उपचारमा सहयोग

म्याग्दी । म्याग्दी होटल एण्ड रेष्टुरेण्ट ब्यवसायी संघले मृगौलामा समस्या आएर पोखरास्थित गण्डकी अस्पतालमा उपचारत ज्ञान बहादुर रोकालाई आर्थिक सहयोग गरेको छ ।

होटलमा कर्मचारीको रुपमा कार्यरत मंगला गाउँपालिका २ बस्ने सुनिता रोकाकी श्रीमान ३३ बर्षिय ज्ञानबहादुर रोकाको उपचारका लागि ५८ हजार २३५ रुपैया आर्थिक संकलन गरेर संघले सहयोग गरेको संघका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । सुनिता रोका कार्यरत मनकामना होटलका संचालिका राम कुमारी गौचनको सक्रियतामा संकलन गरिएको थियो ।

बेनी अस्पतालमा उपचार प्रश्चात थप उपचारका लागि पोखरा रिफर गरिएका रोकालाई आर्थिक समस्या भएपछि होटल एण्ड रेष्टुरेण्ट संघको सक्रियतामा आर्थिक संकलन गरेर रोकाको आफन्तलाई हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

मृगौलाको उपचारत रोकाको परिवारको आर्थिक अवस्था कमजोर छ । कमाउने उमेरका श्रीमान विरामी भएपछि परिवारलाई उपचार जुटाउन समस्या भएकोले स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरिदिन श्रीमती सुनिता रोकाले आग्रह गर्नुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा आर्थिक सहयोग गरिदिन संघले आग्रह गरेको छ ।

You can share this post!

प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्प्युटर कक्षा

बेनीमा संचालित आँखा शिविरमा ८२ जना मोतिया विन्दुको शल्यक्रिया

Related posts