निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन २७ गते हुने

म्याग्दी । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।

मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा गठन गरिएको संघको छुट्टाछुट्टै कार्य समितिले संयुक्त रुपमा एकता अधिवेशन सम्पन्न गर्न लागेको हो ।

संघमा भएको विवादलाई पूर्ण रुपमा सुल्झाउदै एकताको सन्देश प्रवाह गर्ने गरि आयोजना गर्न लागिएको अधिवेशन भव्य रुपमा सफल बनाउनका लागि नारायण जिसीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

उक्त समितिमा संघका साविकका दुवै समितिको तर्फबाट सदस्यहरु चयन गरिएको संयोजक नारायण जिसीले बताउनुभयो । एकता अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि उक्त अधिवेशन व्यवस्थापन समितिबाट विभिन्न उपसमितिहरु निर्माण गरि तयारी थालिएको समितिका सदस्य कृष्ण कुमार विश्वकर्माले बताउनुभयो ।

एकता अधिवेशनबाट सर्वसहमतिमै संघको नयाँ कार्य समिति चयन गरि निर्माण व्यवसायीहरुको हकहितका लागि रचनात्मक कार्य गर्दै संघको गरिमालाई उच्च बनाउने योजना अघि सारिएको अधिवेशन व्यवस्थापन समितिका संयोजक जिसीको भनाई छ ।

You can share this post!

जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

महिला तथा बालबालिका शाखा प्रमुखहरुलाई क्षमता विकास तालिम

Related posts