नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

म्याग्दी । बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले जितेको छ । प्रकाश माविले १५ स्वर्ण, ५ रजत र ९ काश्य सहित २९ मेडल प्राप्त गरी प्रथम भएको हो ।

त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण, १० रजत र ९ काश्य सहित कुल २९ मेडल प्राप्त गरी उपविजेता बनेको छ । यसैगरी बेनीकै न्यू वेष्ट प्वाइन्ट आमाविले ८ स्वर्ण, १४ रजत र ८ काश्य सहित कुल ३० मेडल प्राप्त गरी तितृय हुन सफल भएको छ ।

विजेता विद्यालय र विद्यार्थी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा,बेनी नगरका प्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने लगायतले नगद पुरस्कार,ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमशः एकाउन्न हजार, चालिस हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा २५ विद्यालय सहभागि भएकोमा १९ विद्यालयले विभिन्न विधामा मेडल प्राप्त गर्न सफल भएका छन्

You can share this post!

न्यू धौलागिरी सहकारीको २३ औँ साधारणसभाः ७३ करोड वढि लगानी

म्याग्दी क्याम्पसमा शिक्षा संकायमा डिग्री तहको अध्यापन हुने

Related posts