राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा गोकुल विश्वकर्मा निर्वाचित

म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा गोकुल विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारणसभा तथा दास्रो अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । बेनी नगरपालिका –६ जामुनाखर्क निवासी विश्वकर्मा डान्सर, मोडल तथा सर्जक समेत हुनुहुन्छ ।

संघको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा कमल पौडेल, प्रथम उपाध्यक्षमा दुर्गा बहादुर रोका, द्वितिय उपाध्यक्षमा बाबुराम रसाईली, उपाध्यक्षमा शान्ता वर्देवा, महिला उपाध्यक्षमा प्रीति छन्त्याल, सचिवमा गोकुल सुनार, सहसचिवमा सरिता परियार, कोषाध्यक्षमा दुर्गामाया रोका र सहकोषाध्यक्षमा सुस्मिता किसा चयन हुनुभएको छ ।

त्यस्तै कार्य समितिको सदस्यहरुमा खिमा पुन, डिला विसी, रितेश घताने, हिरा बस्याल र मनिष परियार चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले संगीतको साधना र अभ्यास कलाकारहरुका लागि महत्पूर्ण हुने बताउनुभयो ।

अधयक्ष कटुवालले गाउने, बजाउने वा नाच्ने तीनवटै विधाका कलाकारहरु व्यवसायिक बन्नका लागि कला र उसको प्रस्तुतीकरणले समेत महत्व राख्ने भएकाले गीत संगीत संग सम्वन्धित संस्थाहरुले कलाकारहरुको क्षमता र दक्षता अभिवृद्धि गर्न कार्यमा सघाउ पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रम जंग शाहले सवै विधाका कलाकारहरुलाई गोलबद्ध गर्दै साझा घरको रुपमा संगीतकर्मी संघ देश र विदेशमा समेत विस्तार भईरहेको बताउनुभयो ।

उहाँले संघले जिल्लामा गर्ने सवै गतिविधिहरुका केन्द्रको सधै साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो । म्याग्दी जिल्ला संगीतको उर्वरभूमि भएको बताउँदै उहाँले यस क्षेत्रका नवोदित कलाकारहरुको प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा पु¥याउन संघले महत्वपूर्ण भुमिका निभाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय उपमहासचिव जीवन परियार, प्रदेश समितिका अध्यक्ष कृष्ण प्रसाद गौतम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदम उपाध्यक्ष एकराज चापागाई, धवलागिरी नाट्य समुहका सचिव तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अमित विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका प्रदेश सदस्य दिलु फगामी, धवलागिरी संयोजक अस्मि गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सफलताका साथ अघिल्लो कार्यकाल सम्पन्न गरेको भन्दै अध्यक्ष विपिन पौडेललाई नवनिर्वाचित कार्य समितिले सम्मान पत्र सहित सम्मान गरेको थियो ।

  

You can share this post!

प्रकाश माविले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव मनायो

बालकोटमा चार दलको बैठक सुरु

Related posts