म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सभापति खम्विर गर्वुजाले पाँच बर्षको अवधिमा केन्द्र र प्रदेशको प्रयाप्त वजेट लिई जिल्लाको विकासमा फड्को मार्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विहिबार बेनीमा आयोजित विजय सभालाई सम्वोधन गर्दै गर्वुजाले गठवन्धनलाई विश्वास गरेर भोट दिई विजयी बनाउने जिल्लाबासीहरुलाई आभार प्रकट गर्दै म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्ने वाचा गर्नुभएको छ ।
जिल्लामा रोकिएका विकास र निर्माणका योजनाहरुलाई ६ महिनाभित्र सुचारु गराउने बताउँदै गर्वुजाले युवाहरुलाई रोजगार सृजना गर्ने योजना गरि नीति बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका हरि भण्डारीले जनताले दिएको मतको उपेक्षा नहुने गरि काम गर्ने बताउनुभयो । त्यस्तै प्रदेश ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका जिल्ला संयोजक समेत रहनुभएका रेशम जुग्जाली सुविनले चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँगे्रसका पूर्व जिल्ला सभापति रेशम बहादुर बानियाँ, नेकपा माओवादीका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज गोविन्द पौडेल, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष कृष्ण कुमार विश्वकर्मा, नेपाली काँग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ लगायतका नेताहरुले सम्वोधन गर्नुएको थियो ।
विजय सभा नेपाली काँग्रेसका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक केवि भण्डारीको अध्यक्षता, नेकपा माओवादीका गण्डकी प्रदेस सदस्य तथा निवर्तमान प्रदेशसभा सदस्य विनोद केसीको स्वागत र नेपाली काँग्रेसका जिल्ला सचिव भरत रकालको संचालनमा सम्पन्न भएको थियो ।
विजय सभा पूर्व पाँच दलीय गठवन्धनले बेनी बजारमा बाजागाजा सहित विशाल विजय ¥याली निकालेको थियो । मतदाताहरुले विजयी उम्मेदवारहरुलाई भव्य सम्मान सहित बधाई ज्ञापन समेत गरेका छन ।