कक्षा ११ को ग्रेड वृद्धि परिक्षालाइ लकडाउले कुनै असर गर्दैन

म्याग्दीमा कक्षा ११ को ग्रेड वृद्धि परिक्षा लाइ लकडाउनले कुनै असर गर्ने भएको छैन । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धि परिक्षा लकडाउन भए पनि विद्यालयले तोके दिन नै सञ्चालन हुने बताउनु भएको छ । केही विद्यालयहरुले परिक्षा सञ्चालन गरि सकेका छन् तर सदरमुकाम बेनी लगाएत अन्य ठाउँका केही विद्यालयहरुले २३ गते देखि परिक्षा सञ्चालन गर्ने तयारी गरीरहेका छन् ।
राष्ट्रिय परिक्षा बोर्डले जारीगरेको कक्षा ११ को परिक्षा सञ्चालन तथा प्रमाणीकरण कार्य विधि २०७७ भित्र रहेर विद्यालयलाई परिक्षा सञ्चालन गर्न पत्रचार गरिएको शिक्षा विकास समन्वय इकाइका प्रमुख दलबहादुर थापाले बताउनु भयो । उहाँले विद्यालयले जनस्वाथ्य मापडण्ड पालना गरी परिक्षा सञ्चालन गर्न सक्ने बताउनु भयो । बेनीमा रहेका विद्यालयहरुले पनि विद्यालयले तोकेकाे दिन बाट नै परिक्षा सञ्चालन गर्ने तयारी रहेको र सोहि अनुसार विद्यार्थिहरुलाई प्रवेश पत्र वितरण गरि सकेको बताएका छन् ।

You can share this post!

उद्योगी व्यवसायीहरुको चर्काे विरोध हुदाँ हुदै पनि थपियो २८ गते सम्म लकडाउन

देशभरी चिसो बढ्यो मुस्ताङमा –४ डिग्रीमा तापक्रम

Related posts