मंगोल नेश्नल अर्गनाईजेसनको चुनावी अभियान तिव्र

म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले जिल्लाका विभिन्न स्थानमा चुनावी आमसभालाई तिब्रता दिएको छ ।
चुनावी आमसभामा सम्बोधन गदै प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगरले आफ्नो अस्तित्व स्थापित गर्न सबै एकजुट भएर मंगोलको अभियानमा सहभागी हुन म्याग्दीबासीहरुमा आग्रह गर्नुभएको छ ।

उहाँले परिवर्तनका निम्ती मत परिवर्तन गर्नुपर्ने भन्दै आगामी मंसिर ४ को निर्वाचनमा भाले चिन्हमा मतदान गरि मंगोलको उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो । चुनावी अभियानमा मंगोलका गतिविधिका बारेमा जानकारी सहित मतदातालाई मतदानका लागि अपिल गरिएको प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

प्रदेशसभा निर्वाचन क्षेत्र क का उम्मेदवार दिपक पुनले चुनावी अभियानको क्रममा गाउँगाउँका जनताहरुबाट सकरात्मक प्रतिक्रिया पाएको बताउनुभयो । अस्तित्व, समान अधिकार, विभेद रहित समाज निर्माणको एजेन्डालाई कार्यान्वयन गर्नका लागि मंगोलका उम्मेदवारहरुलाई जिताउन आव्हान गरिएको उम्मेदवार पुनले बताउनुभयो ।

मंगोलले जिल्लाका सबै स्थानीय तहमा चुनावी आमसभा सहित घरदैलो अभियान सञ्चालन गरिरहेको छ । हाल सम्म प्रदेश निर्वाचन क्षेत्र क को रघुगंगा र अन्नपूर्णका सवै वडामा चुनावी अभियान सकिएको छ । प्रदेश क को अभियानमा उम्मेदवार दिपक पुन सहित जिल्ला सदस्य गगन पुन, चुनावको आर्थिक संयोजक तार्जन गर्वुजा, जिल्ला समितिका सहसचिव एलिना शेरपुन्जा पुर्जा लगायतको टोली रहको छ । सोमवारदेखि बेनी नगरपालिकाका वडाहरुमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम रहेको उम्मेदवार पुनले बताउनुभयो ।

त्यस्तै प्रदेश ख तर्फ धवलागिरी र मालिका गाउँपालिकाका वडाहरुमा चुनाव प्रचारको अभियान सकिएको छ । प्रदेशसभा क्षेत्र ख को चुनाव प्रचार टोलीमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमराज मगर, प्रदेशसभा सदस्य उम्मेदवार डिके पनु, प्रदेशको समानुपातिक उम्मेदवार रन बहादुर फगामी, जिल्ला सचिव एलिस रोका मगर लगायत रहनुभएको छ । सोमवार देखि मंगला गाउँपालिकाका वडाहरुमा चुनावी अभियान संचालन गर्ने मंगालेले जनाएको छ । दुवै प्रदेश निर्वाचन क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । कलाकारहरुको आकर्षक नुत्यले चुनावीसभालाई थप आकर्षक बनाएको छ ।

You can share this post!

एमाले उम्मेदवार गर्वुजाको प्रतिवद्धताः “जे सक्छु जनताकै लागि गर्छु मलाई कुनै लोभ छैन”

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमाले उम्मेदवारको घोषणा

Related posts