बेलायतको प्लेमाउथमा दशैं तिहार विशेष कार्यक्रम सम्पन्न

लन्डन । साउथवेष्ट नेपाली समाज यूकेले दशैं तिहार विशेष शुभकामना सांझ सम्पन्न गरेको छ । गत १७ अक्टोबरका दिन प्लेमाउथ ओल्ड लैरास्थित रेलवे क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।

करिब दुई सय सहभागी उक्त कार्यक्रममा समाजका सल्लाहकार डा. भरत श्रेष्ठ र कार्यवाहक अध्यक्ष किसान जिसीले दशैं तिहार शुभकामना व्यक्त गर्नुभएको थियो ।

विदेशी भूमिलाई कर्मथलो बनाए पनि आफ्नो मौलिकता, कला संस्कृति, इतिहास र परम्परालाई जीवन्त राख्नु पर्छ भन्ने मान्यता अनुरुप कार्यक्रम गरिएको कार्यवाहक अध्यक्ष किसान जिसीले बताउनुभयो ।

जिसीले दशैं तिहार विशेष कार्यक्रममा राफल ड्रका लागि आर्थिक सहयोग गर्ने दाताहरु, खाना ब्यवस्थापक, डिजे हेम विष्ट तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी र कार्यसमितिप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष दिपक ढकाल अहिले नेपाल भएकाले वरिष्ठ उपाध्यक्ष जिसीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ ।कार्यक्रममा साना नानीबाबुहरुले नेपाली कलासंस्कृति झल्काउने नृत्य प्रस्तुत गर्दा सहभागीले गौरवान्वित महशुस गरेका थिए ।

समाजले बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई नेपाली कला संस्कृतिबारे अवगत गराउन पनि उनीहरुलाई स्टेजमा उतारेको कार्यवाहक अध्यक्ष जिसीले बताउनुभयो ।

You can share this post!

तिहार पर्वको अवसर पारि नवौँ केवाईसी भलिबल कप संचालन हुने

नवौँ केवाइसी कप भलिबल प्रतियोगिता उद्घाटन

Related posts