नवौँ राष्ट्रिय खेलकुदः पहिलो चरणको खेल सकियो, भोली क्वाटर फाइनलको ४ खेल हुने

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीका संचालन भईरहेको महिला भलिबलको पहिलो चरणको खेल सकिएको छ । आइतवार दुई खेल समापन भएसंगै पहिलो चरणको खेल सकिएको हो ।

आज भएको पहिलो खेलमा एपिएफले नेपाल आर्मीलाई र दोस्रो खेलमा बागमतिले मधेश प्रदेशलाई पराजित गरेको थियो । पहिलो खेलको उत्कृष्ट खेलाडी शसस्त्रको निरुता ठगुन्ना र दास्रो खेलको उत्कृष्ट खेलाडी बागमतिका जेनिसा विश्वकर्मा घोषणा भएका थिए । पहिलो चरणको प्रतियोगिताबाट कर्णाली र मधेश प्रदेश बाहिरिएका छन ।

चारवटा समुहमा विभाजित खेलमा आठ टिम क्वाटर फाईनलमा प्रवेश गरेका छन । समुह (ए) बाट एपिएफ र आर्मी, समुह (वि) बाट बागमति र प्रदेश नम्वर १, समुह (सि) बाट नेपाल पुलिस क्लव, र लुम्विनी र समुह (डि) बाट गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश क्वाटर फाईनलमा प्रवेश गरेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

सोमबार हुने क्वाटर फाइनलको पहिलो खेल विहान ८ बजे शसस्त्र प्रहरी बल (एपिएफ) र लुम्विनी प्रदेश विच हुनेछ । त्यस्तै दोस्रो खेल विहान १० बजे बागमति र सुदुरपश्चिम, तेस्रो खेल दिउसो १ बजे त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस विच हुने अध्यक्ष बानियाँले बताउनुभयो । क्वाटर फाइनलको अन्तिम खेल दिउसो ३ बजे गण्डकी प्रदेश र प्रदेश नम्वर १ विच संचालन हुने खेल तालिका रहेको छ ।

You can share this post!

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

तिहारको अवसरमा छैटौ छाप मेला आयोजना हुनेः भलिबलको प्रथम पुरस्कार ८५ हजार

Related posts