अर्थुङ्गे युवा क्लवको आयोजनामा छैठौ अर्थुङ्गे कप फुटवल प्रतियोगिता सुरु,

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ६ अर्थुङ्गेमा रहेको अर्थुङ्गे यूवा क्लवको आयोजनामा आइतबारदेखि छैठौ अर्थुङ्गे कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

‘युवा नेतृत्व सभ्य समाज र देशको आधारशिला’ भन्ने मुख्य उद्देश्य सहित सामाजिक एवम् खेलकुद क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको प्रतियोगिताको जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि थापाले यूवा क्लवले खेलकुद, तथा कला संस्कृतिको विकास र सामाजिक गतिविधिहरुमा समेत सक्रिय सहभागिता जनाउदै आएको बताउँदै युवाहरुलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने कार्यक्रमहरु पनि संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा विशिष्ट अतिथि वडा अध्यक्ष कृष्णसिङ बानियाँ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पशुपति शाहीले यूवा क्लवका रचनात्मक कार्यहरुले समाज परिवर्तनमा महत्वपूर्ण स्थान ओगट्ने बताउनुभयो ।

कार्यक्रममा क्लबका सल्लाहकार सुन्दर बानिया,ँ वडा सदस्य इश्वर पौडेल, जामुनाखर्क माविका सह–प्रध्यानध्यापक मोहन सुबेदी, समाजसेवी डम्वर सापकोटा, एक्लेपिपल आमासमुहका अध्यक्ष पार्वती श्रेष्ठ, जामुनाखर्क भगवथी आमासमुहको अध्यक्ष तिलरुपा थापा, सयपत्री आमा समुह अध्यक्ष सुनिता बिक समाजसेवी हिरा बहादुर बानियाँको उपस्थिती रहेको थियो ।

खेलकुद कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले मुख्य रेफ्री शिरिष हमाललाई बल हस्तानतरण गर्नुभएको थियो । यसैबीच उद्घाटन खेलमा आयोजक विजय भएको छ । आयोजकले छाप युवा क्लबलाई पराजित गरेको थियो । प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज सहितका कलाकारको विषेश प्रस्तुती रहने क्लवका अध्यक्ष शिशिर शाहीले बताउनुभयो । क्लवले स्थानीयस्तरमा सडक मर्मत, विपन्नको उपचार तथा राहत लगायत सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतियोगिताकै अवसरमा हिमालयन परियोजना नेपालको सहयोगमा निशुल्क दन्त तथा स्वास्थ्य परिक्षण शिविर समेत आयोजना गरिएको छ । उद्घाटन सत्र क्लव अध्यक्ष शिशिर शाहीको अध्यक्षता र सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

म्याग्दीबाट प्रतिनिधि सभामा ९ र प्रदेश सभामा ११ जनाको उम्मेदवारी दर्ता

मोना अन्तराष्ट्रियको आठौँ साधारण सभा सम्पन्नः उत्पादनमुखि लगानीमा जोड

Related posts