छैठौँ अर्थुङ्गे कप असोज २२ गतेदेखि हुने

म्याग्दी । बेनी नगरपालिका –६ मा रहेको अर्थुङ्गे युवा क्लवको आयोजनामा यहि असोज २२ गतेदेखि छैठौँ अर्थुङ्गे कप २०७९ संचालन हुने भएको छ । विजयादशमीको पावन अवसरमा आयोजित प्रतियोगिताको प्रथम पुरस्कार ६६ हजार ६ सय ६६ र द्वितिय पुरस्कार ३६ हजार ६ सय ६६ ट्रफि, मेडल र प्रमाणपत्र रहेको क्लवका अध्यक्ष शिशिर शाहीले बताउनुभयो ।

५ जनाको समुहमा खेलाईने खुल्ला पुरुष फुटवल प्रतियोगितामा अनुशासित टिमलाई रु ८ हजार ६ सय ६६ ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कार प्रदान गरिने क्लव अध्यक्ष शाहीले बताउनुभयो ।

असोज २२ गतेदेखि २५ गते सम्म आयाजित कार्यक्रममा महिला लठो र अन्धनिशान प्रतियोगिता पनि आयोजना हुने भएको छ । त्यस्तै दसैँ मेलाकै अवसरमा क्लवले निशुल्क दन्त तथा स्वास्थ्य परिक्षण शिविरको समेत आयोजना गरेको छ । असोज २३ देखि २५ गते सम्म विहान ११ बजेदेखि साँझ ५ बजे सम्म जामुनाखर्क माविको प्राङ्गणमा शिविरको संचालन गरिने क्लव सचिव सुवास विश्वकर्माले जानकारी दिनुभयो । हिमालयन परियोजना नेपालको सहयोगमा शिविर संचालन हुनेभएको हो ।

शिविरबाट सहभागी भई दन्त तथा स्वास्थ्यको परिक्षण गराउन क्लवले आग्रह गरेको छ । साथै मेलाकै अवसरमा विविध सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । असोज २४ गते लोक गायक अमित विश्वकर्मा र डान्सर पविता पुनको प्रस्तुति रहने छ भने असोज २५ गते चर्चित गायक प्रकाश दुतराज र डान्सर मिलन थापा मगर र विनु कार्कीको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपेन्द्र बानियाँले बताउनुभयो ।

युवा नेतृत्व सभ्य समाज र देशको आधारशिला भन्ने उद्देश्यका साथ स्थापना गरिएको क्लव विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दसैँ र तिहार पर्वको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित निशुल्क रुपमा दन्त तथा स्वास्थ्य शिविरको समेत आयोजना गरिएको र तयारीलाई तिव्र पारिएको मेला संयोजक केशव शाहीले बताउनुभयो ।

 

You can share this post!

दरुङमा दसैं मेला सम्पन्नः वडा स्तरीय खेलाडी छनौट

मोनाको आठौँ बार्षिक साधारणसभा धवलागिरिको ताकममा हुने

Related posts