एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता उद्घाटन

म्याग्दी । म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ । शुक्रबार विद्यालय प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

असोज ८ गते (भोली) देखि असोज १० गतेसम्म बेनीको खुल्ला मञ्चमा संचालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका छन । कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने विद्यालयका कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका प्रजिअ रानाले प्रतियोगिताले विद्यार्थीहरुलाई सानैदेखि खेलतर्फ आकर्षित गराई खेल क्षमता अभिवृद्धि गराउन समेत मद्दत पुग्ने बताउनुभयो ।

विद्यालयले विद्यार्थीहरुलाई अध्ययनका अलवा खेलकुद तथा अन्य गतिविधिमा पनि सक्रिय बनाउन आवश्यक हुन्छ, प्रजिअ रानाले भन्नुभयो । उहाँले खेलाडीहरुमा अनुशासनको महत्वपूर्ण भूमिका हुनेहुँदा विद्यालय उमेर देखिनै अनुशासनको पालना गर्न अनुरोध समेत गर्नुभएको छ ।

विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँले जिल्लामा राम्रा फुटवल खेलाडी उत्पादन गर्ने थलो बेनी वोर्डिङ भएको बताउनुभयो । उहाँले बेनी वोर्डिङकै उत्पादन अनुपम श्रेष्ठ अन्तराष्ट्रिय खेलमा सहभागि भएको बताउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलमा जिल्लाबाट सहभागि धेरै जसो खेलाडी पनि बेनी वोर्डिङकै उत्पादन भएको दावी गर्नुभयो ।

कार्यक्रममा व्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका शिक्षक विसाल खत्रीले संचालन गर्नुभएको कार्यक्रममा प्रीन्सिपल मोहन अधिकारीले स्वागत गर्नुभएको थियो भने विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

 

You can share this post!

मगर विद्यार्थी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

गुर्जामा भलिबल प्रशिक्षण, खेलप्रति युवाहरुको रुचि बढ्दो छः प्रशिक्षक किसान

Related posts