राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा न्यु वेष्ट पोइन्ट द्वितीय

म्याग्दी । म्याग्दीको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रिय स्तरको पुरस्कार जितेको छ । राष्ट्रिय बाल दिवस–२०७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको “बाल अधिकार प्रवर्धनमा अभिभावको भूमिका” विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको हो ।

देशभरबाट प्राप्त भएका भिडियोलाई छनोटगर्दै राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बिजेता विद्यालय, लेखन र अभिनय गर्ने विद्यार्थीहरुलाई महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नगद २० हजार र प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

प्रतियोगितामा द्वितीय भएको भिडियोको कथा लेखन दीक्षित जिसीले गरेका थिए । त्यसैगरी उक्त भिडियोमा, अभिनय नरदेबी भण्डारी (कक्षा ९) बिशाल रिजाल (कक्षा १०), अनिश भण्डारी (कक्षा ८) बिबेक आचार्य (कक्षा ९) सन्दर्भ आचार्य (कक्षा १० ) र दीक्षित जिसी (कक्षा १०) ले अभिनय गरेको विद्यालयले जनाएको छ ।

You can share this post!

पुलाचौरका मतिलाललाई ५० हजार पुरस्कार, २४ हजार ऋण मिनाहा

गायीका अमृता श्रीपालद्वारा सुरक्षाको माग गर्दै प्रतिष्ठान जापान शाखामा उजुरी

Related posts