न्यु स्टार युवा क्लवको अध्यक्षमा राजु थापा चयन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा खर्कमा रहेको न्यू स्टार युवा क्लवको नयाँ नेतृत्व चयन भएको छ । शनिवार क्लव भवनमा सम्पन्न भएको अधिवेशनबाट अनिल थापा मगर राजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । थापा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्ष हुनुभएको हो ।

समितिको उपाध्यक्षमा दिप बहादुर पुन, किसान खड्का, र शोभा विक, सचिवमा गणेश खत्री, सहसचिवमा गोविन्द सापकोटा, कोषाध्यक्षमा देविना घर्ति मगर र सह कोषाध्यक्षमा रोजन खड्का चयन हुनुभएको छ । त्यस्तै कल्वको सदस्यहरुमा अमर बानियाँ, सुजिता रोका, उजेली घर्ति मगर, विष्णु रसाईली र राम बहादुर नेपाली चयन हुनुभएको निर्वाचन समितिका संयोजक केपी सापकोटाले जानकारी दिनुभयो ।
शंकर बुढाथोकीको अध्यक्षतामा २०६२ सालमा स्थापना भएको क्लवले हाल सम्म सक्रियता साथ सामाजिक गतिविधिहर संचालन गर्दै आएको छ । खेलकुद तथा कला संस्कृतिको संरक्षण संगै विपत्ती तथा प्रकोपका घटनाहरुमा क्लवले सहयोग पु¥याउँदै आएको छ ।

क्लवको सक्रियतामा देश तथा विदेशमा रहेका खर्क बासीहरुबाट आर्थिक संकलन गरि करिव ७ लाखको लगानीमा जग्गा खरिद गरेर खेल मैदान तथा भवन निर्माण समेत भएको छ ।
प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँले खेलमैदान घेरावार गरिएको छ भने मंगला गाउँपालिकाबाट ४ आर्थिक बर्षमा प्राप्त भएको २७ लाख बजेटले क्लवको खेलमैदान निर्माण तथा सामुदायिक पक्की भवन निर्माण गरिएको क्लवका संस्थापक सचिव समेत रहनुभएका स्थानीय केपी सापकोटाले बताउनुभयो ।

गाउँपालिकाबाट आर्थिक बर्ष २०७४÷०७५ मा ५ लाख, ०७५÷०७६ मा ६ लाख, ०७६÷०७७ मा १० लाख र ०७७÷०७८ मा ६ लाख रुपैयाँ विनियोजना भएको थियो । यसभन्दा अघि जनप्रीय आधारभूत विद्यालयको खेलमैदान तथा स्टेजबाट क्लवका कार्यक्रमहरु संचालन हुने गर्दथ्यो । क्लवको आफ्नै खेलमैदान र सुविधा सम्पन्न भवन निर्माण भएपछि खेलकुद तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न सहज भएको क्लवका अध्यक्ष राजु थापाले बताउनुभयो ।

You can share this post!

बेनपा–६ मा कपडा बैंकः विपन्न परिवारलाई निशुल्क दिइने

जन्मदिनमा अभिभावक विहिन बालबालिकालाई सहयोग

Related posts