जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो

म्याग्दी । जनस्वास्थ्य सेवाको सुचकको आधारमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो भएको छ । आर्थिक बर्ष २०७८÷२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका मध्य स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो ।

जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै जिल्लामा भएका स्वास्थ्य गतिविधिहरु, कोभिड–१९ खोप अभियान, टाईफाईड खोप अभियान, कोभिड–१९ माहामारी व्यबस्थापन जस्ता अन्य महत्वपुर्ण कार्यहरुले गर्दा कार्यालयलाई उक्त सफलता प्राप्त भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘म्याग्दीको कोभिड ब्यवस्थापन अन्य जिल्लाका लागि नमुना भएको छ, ‘यो प्रगतिलाई थप उत्साह सहित निरन्तरता दिनुपर्छ’ प्रमुख लम्सालले भन्नुभयो । नियमित खोप सेवा, जनस्तरमा हुने विभिन्न रचनात्मक कार्यहरूबाट स्वास्थ्य कार्यालयको प्रशंसा हुने गरेको छ ।

स्वास्थ्य निर्देशनालय पोखराको उक्त नतिजा संगै कार्यालयलाई आगामी दिनहरुमा कार्यसम्पादनमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयलाई सफलता प्रदान गर्नमा आफ्नो–आफ्नो स्थानबाट सहयोग गर्नुहुने महिला स्वास्थ्य स्वयम् सेविका, सम्पुर्ण स्वास्थ्यकर्मी, स्थानिय तहहरु, अन्य सहयोगी तथा साझेदारी संघ संस्था पत्रकार तथा संचारकर्मीहरू र जिल्लास्थित विभिन्न कार्यालय र कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई स्वास्थ्य कार्यालय म्याग्दीले धन्यबाद ज्ञापन गरेको छ ।

यसैबीच प्रदेशभित्रका स्थानीय तहको स्वास्थ्य शाखामा बेनी नगरपालिका ८५ अंक सहित तेस्रो भएको छ । नगरपालिकाले कोभिड ब्यवस्थापनमा गरेको कार्यबाट यसअगाडी पनि उत्कृष्टको सूचीमा परेको थियो । त्यस्तै आर्यूवेद औषधालयतर्फ म्याग्दी कमजोर देखिएको छ । औषधालयका अधिकांस सूचकहरु कमजोर देखिएकाले प्रदेशको ७ औं नम्बरमा परेको छ ।

 

You can share this post!

नेकपा म्याग्दीको सेक्रेटरीमा उषा घर्ती मगर

हेमन्त कान्छाको सारङ्गी बेलायतमा गुञ्जीदै

Related posts