आज राति १२ बजे देखि २१ गते १२ बजे सम्म बेनीनगरपालिकामा लकडाउन

आज राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म बेनी नगरपालिका भित्र लकडाउन गरिने भएको छ । विश्वभर माहामारीको रुप लिई रहेको कोभिड–१९ कोरोना भाइरस म्याग्दी सदरमुकाम बेनी बजार पनि फैलिएको कारण समुदाय स्तरमा कोरोना संक्रमण न्युनिकरण गर्नका लागि बेनी नगरपालिका भित्र लकडाउन गरिएको हो । अति आश्वयक सेवा सुविधा बाहेकका अन्य बैक विक्तिय संस्थाहरु समेत बन्द हुने भएका छन् । सदरमुकाम बेनी बजार ( समुदाय )का ब्यापारीहरु सहित बेनी नगरपालिका भित्र रहेका ग्रामीण भेगमा समेत कोरोना संक्रमण भएका दिनहु रिपोर्ट आउन थालेपछि समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नलाई लकडाउन को तयारी गरीएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।
बिहान ८ बजे देखि १० सम्म खाद्यायन्नका पसलहरु खुल्नेछन् । सेवा लिने ग्राह तथा व्यपारीले समेत सामाजिक दुरी कायम राख्नु पर्ने हुन्छ प्रजिअ अधिकारीले बताउनु भयो । बेनी नगरपालिका भित्र रहेका बेनी नगरपालिका सहित नगरपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालयहरु खुलेपनि सेवा सुविधा समेत बन्ध हुने भएका छन् ।

You can share this post!

पाखापानिबाट बेनी हिडेकाे जिप दुर्घटना हुदा एक को मृत्यु दश जना घाइते

रातो पहिरो जीप दुर्घटनाः– अपडेट

Related posts