म्याग्दीका विक्रम र स्याङ्जाका राजले खोले पेरिसमा एसियन फुड्स स्टेशन

म्याग्दी । फ्रान्सको राजधानी पेरिसमा दुई नेपालीले रेस्टुरेन्ट संचालनमा ल्याएका छन । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ४ सिङ्गाका विक्रम भण्डारी र स्याङजाको वालिङ नगरपालिका ५ पिप्लेक घर भएका राज शर्माले संयुक्त लगानीमा एसियन फुड्स स्टेशन नामक नेपाली रेस्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।

फ्रान्समा रहेका नेपालीहरुलाई लक्षित गरेर नेपाली परिकारहरु सहितको रेस्टुरेन्ट यहि सेप्टेम्वर १ तारिख देखि संचालन गरिएको संचालक भण्डारीले बताउनुभयो ।

विगत १२ बर्षदेखि फ्रान्समा रहनु भएका भण्डारी र शर्माले एसियन फुड्सका सम्पुर्ण आइटमहरु एकै ठाउँमा उपलव्ध हुने गरि रेस्टुरेन्ट संचालन गर्नुभएको हो । रेस्टुरेन्ट संचालनमा नेपाली रुपैयाँ करिव २ करोड लगानी भएको संचालक शर्माले बताउनुभयो ।

एसियन फुड्स स्टेशनमा विशेषगरि थकाली खाना, नेपाली तथा इन्डियन खाना तथा खाजा,, म.म. चाउमिन, नान, खाजासेट देखि लिएर विरानी समेत तयार गरिने संचालक शर्माले बताउनुभयो ।

रेस्टुरेन्टमा विभिन्न अवसरहरुमा करिव ५० जना सम्मको पार्टी समेत आयोजना गर्न सकिन्छ । रेस्टुरेन्ट अन्य तीन जना नेपालीहरुलाई रोजगार समेत दिएको भण्डारीले बताउनुभयो ।

१२ बर्ष सम्म फ्रान्समा बसेर अरुको काम गरियो, अव आफै व्यवसायी बन्नलाई ठुलो लगानी गरेका छौँ, फ्रान्समा रहेका म्याग्देली तथा सवै नेपालीहरुको साथ सहयोग मिल्ने विश्वास लिएका छौँ, संचालक भण्डारीले भन्नुभयो ।

हामी १२ बर्ष सम्म फ्रान्समा बसेर होटलमै काम गरेका हौँ, हामीलाई एसियन परिकारहरुको बारेमा सवै थाहा छ, रेस्टुरेन्टका मुख्य कुक समेत रहनुभएका शर्माले भन्नुभयो, “पाहुनालाई उत्कृष्ट सेवा उपलब्ध गराउनका लागि अन्य ३ जना स्टाफ राखेका छौँ, हामीले संचालन गरेको व्यवसायले ३ जना नेपालीलाई रोजगार मिलेको छ” ।

फ्रान्समा रहेका नेपालीहरुलाई आफ्नो पनको आभास गराउने, नेपालकै झल्को मेट्ने गरि स्वादिष्ट परिकारहरु उपलब्ध हुने र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको जमघट हुने ठलो समेत बन्न उक्त रेस्टुरेन्ट बन्न सक्ने पेरिसमै रहनुभएका म्यादी भकिम्लीका महेन्द्र बोहोराले बताउनुभयो ।

रेस्टुरेन्टमा अर्डर अनुसारको खाना तथा खाजा तयार गरिने, अनलाईन सिस्टमबाट पनि अर्डर गर्न सकिने र होम डेलिभरीको व्यवस्था समेत गरिएको छ । विभिन्न अवसरहरुमा करिव ५० जना जतिको लागि पार्टीहरु पनि संचालन गर्न सकिने गरि रेस्टुरेन्टको संरचना तयार गरिएको छ ।

Location: 51 Avenue paul Villant Couturier 93120 La Courneuve. Metro 7 contact 33753148935, 33769770500

You can share this post!

मोना कतारको रमाईलो तिज कार्यक्रम सम्पन्न

प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी प्रथमः लगातार तेस्रो पटकको जित

Related posts