म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानिबाट बेनी तर्फ आउँदै वलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पाखापानि बाट बेनी आउने क्रममा बेनी गलेश्वर सडक खण्डको राताे पहिरो नेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी डाक्टर प्रसाद चौधरीले बताउनु भयो । दुर्घटना परी १० बर्षकी रिया बिकको घटना स्थलमा नै मृत्यु भएको छ । चालक सहित ११ जना चढेको उक्त जिप घुम्ती कटान गर्ने बेलामा अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जिप सडक बाट करीब तिस मिटर तल कालिगण्डकी किनारमा खसेको छ ।