रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोग अभियान सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेका कत्तिक ५ गते मौवाफाँटमा रुखबाट लडेर गम्भीर घाइते भएका अप्तार रिजाललको उपचारमा सहयोग अभियान सञ्चालन गरीएको छ । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा मनिपाल अस्पतालमा लगिएको थियो । मनिपाल अस्पतालमा अप्रेशन गर्नका लागि समय लाग्ने भएपछि गण्डकी प्रदेश सरकारको समजिक विकास मन्त्री नरदेवि पुनका स्वकिय सचिव प्रकाश पौडेलको पहलमा फेवासिटी अस्पतालमा लगेर उपचार गरीएको थियो । डाक्टरले तत्काल अप्रेशन गर्नु पर्छ भनेको र मनिपालमा अप्रेशन गर्न समय कुर्नु पर्ने भएकाले फेवासिटी अस्पतालमा लगेर उपचार गर्नु परेको पौडेलले बताउनु भयो ।
अस्पतालमा उपचाररत रिजालको उपचारमा ठुलो खर्च लाग्ने भए पछि पारिवारीक समस्या बुझेर सहयोगको अभियान सञ्चालन गरेका हौं नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापति तारानाथ शार्मा (कमल) ले बताउनु भयो । रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको छ ।
सहयोग गर्न सम्पर्क ः तारानाथ शर्मा ९८४७७४५९८४

You can share this post!

म्याग्दीमा बिरामी हुनु भयो ? चिन्ता लिने होइन बरु छिट्टै हेलो डाक्टर भन्नुहोस्

थपीए गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित

Related posts