रुम पहिरो अपडेटः बेपत्ता भएका ३ जनाको शव भेटियो, एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर २ रुमको तामेङमा मंगलबार विहान करिव ३ बजे तिर गएको पहिरोमा परि हराईरहेका थप तीन जनाको शव फेला परेको छ । बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिदा एकै घरका ५ जनाको मृत्यु भएको छ  ।

पहिरोमा हराईरहेका एकै परिवारका ३ जनाको शव प्रहरी र स्थानीयबासीले खोजि गर्दा घरभएको स्थानदेखि केहि तल पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्त बहादुर पुनले बताउनुभयो । पानी परिरहेकाले शव खोजी कार्यमा असहज भएको थियो ।

पहिरोले घर बगाउँदा घाम बहादुरको विकको एकै परिवारका पाँच जनाको मृत्यु भएको पुनले बताउनुभयो । उहाँका अनुसार घाम बहादुरका दुई छोराहरु नविन र राजन विकको शव बिहानै फेला परेको छ ।

घाम बहादुर सहित उहाँकी श्रीमति रामु विक र छोरी रोजी विकको शव केहिबेर अघि मात्रै फेला परिएको हो । शव फेला परेसंगै प्रहरीले मुचुल्का तयार गरेको छ ।

त्यसैगरि सोही पहिरोमा परि गोठे र गोरी विक घाईते भएका छन । राती घरमाथिबाट पहिरो खसेको सुनेपछि भाग्दा भाग्दै उनिहरु घाईते भएका हुन ।

बेपत्ता भएकाहरुको खोजीका लागि ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरिक्षक सागर पन्तको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगको थियो । प्रहरी र स्थानीहरु मिलेर बेपत्ताको खाजी तथा घाइतेको उद्धार गरेका छन ।

घाईतेहरुको रुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि दरवाङ ल्याईदै छ ।

You can share this post!

मंगलामा अनेमसंघको दुईदिने प्रशिक्षण

गलेश्वरमा साउनको तेस्रो सोमवार तीन लाख सात हजार भेटी संकलन

Related posts