बेनीको करिव दुई सय वर्ष पुरानो चौतारीले मुहार फेर्दै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ स्थित  वसपार्क नजिक मालपोत भवन अगाडि रहेको चौतारीलाई पुन निर्माण गर्न थालिएको छ ।

जिर्ण अवस्थामा पुगेको बेनीकै पुरानो मानिने उक्त चौतारीको मर्मत कार्य वडा नम्वर ७ ले सुरु गरेको हो । वर पिपल सहितको उक्त चौतारी संरक्षणका लागि वडाले १ लाख २७ हजार बजेट विनियोजन गरेको छ ।

वडामा भएका पुराना चौतारीहरुको संरक्षणका लागि जिर्ण अवस्थामा रहेको सो चौतारीको मर्मत कार्य सुरु गरिएको बेनी नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

चौतारीको एकछेउँमा ३ वटा मठ निर्माण गरिने छ । भने अर्को छेउँमा पिउने पानीका लागि सार्वजनिक धारा सहित बगैचा निर्माण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । पर्यावरण र चौतारीमा फोहोर नगरुन भनेर मठ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

ढुङ्गाको पर्खाल लगाई ढुङ्गाकै छपनी विछ्याएर बस्नका लागि सहज र आकर्षक बनाउने गरि निर्माण थालिएको छ । चौतारी अपांगमैत्री हुनेछ । ह्वील चियरको माध्यमबाट सिधै चौतारीमा गई विश्राम लिन मिल्ने गरि बाटो निर्माण गर्न लागिएको छ ।

वडावाट विनियोजित ८ लाख बजेटबाट नगरपालिका अगाडि नाली निर्माण तथा सरसफाई, मंगलाघाटमा नाली सरसफाई, दोविल्लामा सडक ग्राभेल लगायतका काम गरिएको छ ।

चौतारी पुन निर्माणको कार्यपनि सोहि वजेट मध्यवाट उपभोक्ता समिति मार्फत संचालन गरिएको हो । समयमै काम सम्पन्न गर्ने गरि निर्माणलाई तिव्रता दिईएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो ।

बेनी बजार भित्र १७ वटा चौतारीहरु रेहका छन । ति सवैको मर्मत तथा संरक्षणको कामलाई नगरपालिकाले निरन्तरता दिने बेनी नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बेनी बजारका स्थानीय कृष्ण प्रसाद श्रेष्ठ, चन्द्र कुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका हजुरआमा चन कुमारी श्रेष्ठले करिव २ सय वर्ष अगाडि सो चौतारी निर्माण गरि वर र पिपल रोपेको बताईएको छ । चौतारी निर्माणका लागि उहाँका आफन्तबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने गरि छलफल अघि बढाईएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

बेनपा २ को खान्दुलामा खानी निकालेर त्यस क्षेत्रमा पखाल्ने गरेको ईतिहाँस पाइन्छ । त्यतिवेला त्यस चौतारीलाई खानी पखाल्ने चौतारी पनि भन्ने गरिन्थ्यो । सो चौतारीको ऐतिहाँसिक महत्व समेत रहेको छ ।

निकै पुरानो वर र पिपलको रुख रहेको सो चौतारी मान्छेहरु बस्नै नमिल्ने गरि फोहोर भएको थियो । ढुङ्गाका पर्खाल पनि भत्किने अवस्थामा पुगेका थिए ।

बेनी बजार र मंगलघाटको विचमा रहेको मान्छेहरु आहोरदोहोर गरिरहने उक्त स्थानको चौतारी जिर्ण अवस्थामा रहेकोमा बेनीका केहि स्थानीयले सामाजिक संजालबाट समेत पुन निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।

You can share this post!

जनताको समस्या बुझेर काम गर्न काँग्रेस नेतृ राणाको आग्रह

मोना पोर्तुगलद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई तेह्र लाख वढि सहयोग

Related posts