मंगलामा छ अध्यक्ष र सात उपाध्यक्ष सहित १०५ जनाको मनोनयन दर्ता

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकामा २७ पदका लागि अध्यक्ष ६ र उपाध्यक्षमा ७ जना सहित १०५ जनाको मनोनयन दर्ता भएको छ ।

सोमबार निर्वाचन अधिकृतको कार्यालय बाबियाचौरमा दलहरुले विभिन्न पदमा मनोनयन दर्ता गरेका हुन । वडा अध्यक्षमा २० र सदस्यहरुमा ७२ जनाले मनोनयन दर्ता गराएका छन । मंगलमा नेकपा एमालेबाट अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसबाट अध्यक्षमा बिरेन्द्र बुढाथोकी र उपाध्यक्षमा शर्मिला थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा टेक बहादुर बिक र उपाध्यक्षमा सुकमाया रोकाले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा रुद्र बहादुर किसान र उपाध्यक्षमा कल्पना सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा एकेन्द्रमान शेरचन र उपाध्यक्षमा बिन्दु मल्ल, मंगोल नेश्नल अर्गनाईजेसनबाट अध्यक्षमा गिरु रोका र उपाध्यक्षमा भूमि घर्ति मगरले मनोनयन दर्ता गराउनुभएको छ ।

स्वतन्त्रबाट टंक प्रसाद बुढाथोकीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभएको छ । ८ वटा मतदान स्थल र १७ बटा मतदान केन्द्र रहेको मंगलामा तेह्र हजार ४३४ मतदाता रहेका छन ।

You can share this post!

मालिका गाउँपालिकामा १४७ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनः अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

Related posts