एमालेबाट मस्विर रोका बेनपा १० को वडा अध्यक्षको उम्मेदवार

म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ ।

शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।

वडा कमिटि अध्यक्ष कृष्ण मल्लले रोकालाई अध्यक्षको उम्मेदवारका लागि प्रस्ताव गर्नुभएको हो । ५२ बर्षिय रोका पात्लेखेतमा राम्रो छवि भएका व्यक्तिमा चिनिनुहुन्छ । रोका सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्छ ।

वडा कमिटि बैठकमा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्र थापाले बेनपा १० पात्लेखेतबाट नेकपा एमालले उम्मेदवार छनौट गर्ने कार्य सुरु गरेको बताउँदै अव सवै वडाहरुमा सर्वसहमतिमै अध्यक्ष सहित सदस्यहरुको उम्मेदवार टुङगो लगाईने बताउनुभयो ।

उहाँले आसन्न स्थानीय तहको निर्बाचनमा नेकपा एमालेलाई जिताउनका लागि टोल टोलमा मतदाता भेटघाट कार्यक्रमलाई सक्रियताका साथ संचालन गर्न वडा कमिटिलाई अनुरोध गर्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य प्रमोद श्रेष्ठले बेनपा १० मा रोका नै सक्षम उम्मेदवार भएको बताउनुभयो । एमालेको संगठन राम्रो भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पात्लेखेतमा एमालेको जित हुने दावि गर्नुभयो ।

नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले चुनावी प्रचार प्रसारमा जुटन युवाहरुलाई आग्रह गर्नुभयो । नगरका अन्य वडाहरुमा पनि यथाशिघ्र उम्मेदवार चयन गरि प्रचार प्रसारलाई तिब्र बनाउने जिसीको भनाई छ ।

You can share this post!

बेनपा ६ मा एमालेबाट कृष्णसिंह बानियाँ वडा अध्यक्षको उम्मेदवार

अभावको जिन्दगी बाँचेकी लालमायाँ

Related posts