सिगाना माविमा अनेरास्ववियुको संगठन बिस्तार

नेपाल कम्युनिष्ट पार्टी  एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी बाग्लुङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ ।

सोमबार सिगाना मावि तित्याङ्गमा सिर्जना नेपालिको अध्यक्षतामा ५१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरिएको अनेरास्ववियु जिल्ला कमिटी बाग्लुङका सचीवालय सदस्य अमृता जिसिले जानकारी दिनुभयो ।

कमिटीको उपाध्यक्षमा सन्दिप खड्का, सचिवमा दिपिका खड्का, उप-सचिवमा अन्जु सुनार, अन्जली नेपाली रहेका छन्।
त्यस्तै संगठन बिभाग प्रमुखमा बिन्दु जिसी, संगठन बिभाग उपप्रमुखमा निर्मला नेपाली, महिला बिभाग प्रमुखमा सोबिना जिसी, उप-प्रमुखमा हिरा घर्ती , सांस्कृतिक बिभाग प्रमुखमा सुस्मिता जिसी र उप-प्रमुखमा रन्जु जिसीलाई जिम्मेवारी दिईएको हो ।

विद्यार्थीहरुलाई सम्बोधन गर्दै अनेरास्ववियु बाग्लुङका नगर संयोजक हिमाल गौतमले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले बिद्यार्थीको हकहित र शिक्षालाई गुणस्तरी बनाउन अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सचीवालय सदस्य अनिल शर्माले अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको भन्दै उहाँले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले म अखिल अभियान सुरु गरेको बताउनुभयो।

कार्यक्रम नगर संयोजक हिमाल शर्माको अध्यक्षता ,सचीवालय सदस्य अमृता जिसीको संचालनमा समपन्न भएको थियो।

You can share this post!

मेयरको दाबेदारमा एमालेका टप ५ नेताहरु

लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

Related posts