२४ घण्टामा गण्डकी प्रदेशमा ३१ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ३१ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा सङ्क्रमितहरुको संख्या दिनका दिन थपिदै जान थालेको छ । त्यसै गरि पछिल्लो २४ घन्टा भित्र प्रदेशमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
थपिने सङ्क्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

You can share this post!

बेनी बजारको मंगलघाटबाट पोखरा उपचारका लागि गएकी महिलामा कोरोना संक्रमण

२४ घण्टामा ५ हजार भन्दा बढी कोभिड-१९ को संक्रमण पुष्टि, १४ काे मृत्यु

Related posts