कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

अभिनेता तथा हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशले फेसबुकमा लेखेका छन् ।
उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

You can share this post!

मुन्द्रेको कमेडी क्लब’बाट किन हटिन् दीपाश्री ?

प्रदेश राजधानी देउखुरी भए पछि दाङका जनतामा खुसीयाली, नाचगान र दीप प्रज्वलन गरेर स्वागत

Related posts