पुर्व मन्त्री थापाद्धारा गायत्री मन्दिरको निरीक्षण

पुर्व मन्त्री थममाया थापाले गायत्रि मन्दिरको निरीक्षण गर्नु भएको छ । गायत्री मन्दिरको वर्तमान अवस्था का बारेमा उहाँले निरीक्षण गर्नु भएको हो । सोहि क्रममा थापाकै पहलमा विनियोजन भएको बटेजबाट निमार्ण गरिएको एक तले ५ कोठे ४ वटा एट्याच बाथरुम सहितको भवनको पनि अनुगमन गर्नु भएको छ । गत बर्ष मन्दिरमा भवन अभाव भएपछि २५ लाख रुपौयाँ विनियोजन भएको थियो । विनियोजित रकमबाट उपभोक्ता समिती मार्फत २० लाख रुपैयाँमा उक्त भवन निमार्ण कार्य सम्पन्न भएको  स्थानिय अगुवा दिपक कार्कीले बताउनु भयो ।
यस बर्ष पनि राघुघाट नदि र कालिगण्डकी नदिले कटान गरेको क्षेत्रको नियन्त्रण गर्नका लागि २० लाख रुपैयाँ बजेट संघिय सांसद भुपेन्द्र बहादुर थापा र आफ्नो पहमा परेको थापाले बताउनु भयो । यस भन्दा अगाडि पनि मन्त्रिपदमा हुँदा खेरी मन्दिरमा पुजारी बस्ने भवनमा पानी चुहिने समस्या भए पछि १० लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो ।


विनियाेजीत रकम बाट हल निमार्ण गरीएको छ । हल तथा भवन निमार्ण भए पछि ध्यान बस्न, मन्दिरमा वृद्ध वृद्धाहरुलाई आवास सँगै मुक्तिनाथ जाने तिर्थ यात्रुहरुलाई सहज भएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कविन्द्र राज जोसीले बताउनु भयो । उहाँले गाउँपालिकालाई मन्दिर संरक्षणका लागि पटक पटक अनुरोध गरेपनि कानमा तेल हालेर बसेको तथा गाउँपालिकामा धार्मिक तिर्थ स्थलको सुचिमा सुचिकृत नभएको, संघीय सरकार सँग पनि सुचिकृतका लागि कुनै पहल नगरेका अध्यक्ष जोसीले बताउनुभयो ।
थापाले गत बर्ष पनि मन्दिर सँगै , गलेश्वर र तिलकीनी बस्ती नदि कटानका कारण जोखीममा परेपछि रुपताल संरक्षण एकिकृत परियोजना अन्तर्गत १ करोड ४० लाख रुपैयाँ सांसद भुपेन्द्र बहादुर थापा र आफ्नो पहलमा पनि विनियोजन भएको बताउनु भयो । यस बर्ष पनि कटानका कारण जोखिममा परेका सो स्थानका बस्तिहरुमा आवश्यक बजेट छुट्टीने थापाले बताउनु भयो ।

You can share this post!

हाप्किडो संघ म्याग्दीको अध्यक्षमा हमाल

मराङ विम वाढी पहिरोमा परी ज्यान गुमाउने परीवारलाई गण्डकीप्रदेश सरकारको राहत

Related posts