अनेरास्ववियुको गलेश्वर मावि तोरिपानिमा संगठन बिस्तार

म्याग्दी। नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत जिल्लाको शैक्षिक संस्था गलेश्वर माविमा कमिटी गठन गरेको छ । सोमबार  कक्षा ११ र १२ को संयुक्त कमिटि गठन भएको हो ।

सरु शाहीको अध्यक्षतामा डीजन थजाली उपाध्यक्ष, संगीता थापा सचिब, सुस्मिता भण्डारी , जेनिशा चोखाल सहसचिव र अमन परियार कोषाध्यक्ष रहेको ४० सदस्यीय कमिटि गठन गरिएको छ ।

कार्यक्रमको अध्यक्ष अनेरास्ववियुका जिल्ला कमिटि म्याग्दीको संयोजक दर्पण रोकाले आफुले लिनुपर्ने शिक्षाको बजेटका आधारमा विद्यार्थीहरुले धारणा बनाएर बाध्यकारी शिक्षा दिने प्रवृतिको अन्त्यका लागि र बिधार्थीको ज्ञान, सिप ,क्षमताको आधारमा ढुक्क संग बिधार्थिले निशुल्क शिक्षा लिन पाउनुपर्ने नैसर्गिक अधिकारको लागि अनेरास्ववियु निरन्तर रुपमा लडिरहेको बताउनुभयो।

सबैखाले बिभेदमा बिद्रोह,बिकृती बिसङ्गती विरुद्धमा म अखिल कार्यक्रम जिल्ला भरी संचालन गरिने शिक्षामा रहेको खाडललाई पुर्न सम्पुर्ण विद्यार्थीहरुलाइ अनेरास्ववियु मा गोलबद्द गरि अगाडि बढ्ने साथै हरेक समस्यालाई निराकरण गर्न,शिक्षा स्वास्थ्य र देशको हरेक सिस्टमलाइ परिबर्तन गर्नका निमित्त अखिल बनी प्रगतिशील यात्रामा लम्किन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

 

अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाको अध्यक्षता , जिल्ला सह-संयोजक मिलन खत्रिको स्वागत र प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

नेकपा एमाले म्याग्दीको ९० सदस्यीय जिल्ला कमिटि (सदस्यहरुको नाम सहित)

एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीद्वारा पदभारग्रहण

Related posts