काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित, माघ १५ गते हुने

काठमाडौं, पुस २१ गते । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सारिएको छ । यसअघि पनि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ ।

गोरखापत्र अनलाइन

You can share this post!

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा छ जनाको उम्मेदवारी

म्याग्दीमै पहिलोपटक स्नातक तहमा सूचना प्रविधिको अध्यापन हुने

Related posts