९ बर्षीय ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा आर्थिक अभाव

म्याग्दीको मंगला गाउपालिका ५ किचौरकी ९ बर्षकी ब्लड क्यान्सर पिडित सरु बिकको उपचारमा आर्थिक अभाव भएको छ । ब्लक क्यान्सर बाट पिडित बिकको काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार भई रहेपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको उनका अंकल सुर्ज बिकले बताए ।


विगत साढे एक महिना देखि अस्पतालमा आफु सँग भएको र रिन खोजेकाे पैसाले उपचार गरेपनि धेरै ठुलो रकम आवश्यक पर्ने भएकाले सहयोग मागेको विकले बताउनु भयो । सामान्य किसानी खेतीपाती गरेर जिविका गुजरा गर्दै आएको उनको परिवारले सहयोग मागे पछि सरु बचाउ अभियान सञ्चालन गरीएको भलिवल प्रिशक्षक एवंम् सामाजिक अभियान्ता कुमार किसानले बताउनु भयो । उहाँले मुक्तीनाथ बिकास बैकमा सरुको नाममा १३६२१६००५७९४८६०००००१ नंम्बरको खाता खोलेर सरू बचाउ अभियान सञ्चालन गरीएको बताउँदै सक्ने जति सहयाेग गर्नका लागि सबैलाइ अपिल गर्नु भयो । नियमित औषधि सेतो रगत लगाएत उपचार गर्नका लागि आवश्यक सामाग्रीमा लाग्ने खर्च जुटाउन डाक्टरले भने पनि आफुहरु सँग पैसा नभएको पिडत बालिकाको बुबा मनबहादुर बिकले बताउनु भयो । सरूकाे उपचारमा सहयाेग गर्नका लागि देश विदेशमा भएका म्याग्देलि परिवार तथा संघ संस्था सँग सहयाेग मागेकाे बचाउ अभियानका सदस्य सिजन राेका मगरले बताउनु भयाे ।

You can share this post!

स्काउट म्याग्दी द्धारा बेनी बजारमा माक्स नलगाई हिड्नेलाई माक्स् वितरण

क्वारेन्टिन बसेका भकिम्लीका १ जनामा कोरोना संक्रमण

Related posts