म्याग्दीका बानियाँको उपन्यास महारानी लाई मदन पुरस्कार

म्याग्दीका लेखक चन्द्रप्रकाश बानियाँले लेखेको उपन्यास महारानीले यस बर्षको मदन पुरस्कार पाएको छ । आइतबार मदन पुरस्कार गुठीको बसेको बैठकले वानियाँको उपन्यास महारानी लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । उपन्यास ऐतिहासिक विषय बस्तुमा आधारीत भएर लेखिएको छ । उपन्यासमा २२÷२४ पालाका राज्यका इतिहास पनि उल्लेख गरिएको छ । यस अगाडि छनोट समितीले सात पुस्तक सूची सार्वजनिक गरेको थियो । छनाेट भएकाे सात पुस्तक मध्ये महारानीलाइ मदन पुरस्कार विजेता घाेषणाा गरिएकाे हाे ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा जन्म घर भएका बाँनिया पुर्व–सांसद समेत हुन् । २०४८ सालमा म्याग्दी जिल्ला निर्वान क्षेत्र नंम्बर २ एमालेबाट प्रतिनिधित्व गर्दै सांसद बनेका बानियाँ पछिल्लो समय राजनिती छाडेर लेखन कार्यमा सक्रिय छन् ।

You can share this post!

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

कालो धन ओसार पोसार गर्नेको खुलासाः नेपालका नौ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँ शंकास्पद धन ओसारपसार

Related posts