तलव दिने सहमति पछि आन्दोलन फिर्ताः बेनी अस्पतालको सेवा सुचारु

म्याग्दी । तलव नपाएको भन्दै सेवा बन्द गरि धर्ना बसेका बेनी अस्पतालका कर्मचारीहरु बिहिबार सम्म तलब पाउने सहमति भएपछि पुनः काममा पर्किएका छन । अस्पतालको सबै सेवाहरु सुचारु भएको छ ।

गत साउन देखि तलव नपाएको भन्दै अस्पतालका कर्मचारीहरु काम रोकि धर्ना बसेका थिए । तत्काल प्रशासन र कोलेनिकालाई पत्र पठाएर सहमतिको वातावरण सृजना गरि २ घण्टामै सेवा सुचारु गरिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

यस अघि सामाजिक बिकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल सरकार परिवर्तन संगै मन्त्रालय पनि परिवर्तन भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहँदा प्रशासनिक प्रक्रिया मिलाउँदा तलव निकासीमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

यता अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले भने लेखापालको समस्याका कारण तलव उपलब्ध गराउन नसकिएको बताउनु भएको छ । सरकारले अस्पताललाई छुट्टै लेखापालको ब्यबस्था नगरिदिएको र बन, पूर्वाधार, सिचाई लगाएतका कार्यालयको लेखापाल लिएर काम गर्दा समस्या भएको उहाँको भनाई छ । अब देखि समयमै तलब उपलब्ध गराउने ब्यबस्था गरिने पनि उहाँले बताउनुभयो ।
बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि जिल्लाका बिभिन्न ठाउँबाट अस्पताल पुगेका बिरामीहरुलाई समस्या भएको थियो । सहमति पछि दिउँसो १ बजेबाट नै सेवा सुचारु भएपछि बिरामीहरु उपचार गराई घर फकिएका छन ।

 

 

 

 

 

 

 

 

You can share this post!

रुप्से दैनिकले मनायो १८ औँ बार्षिक उत्सव

शुरु भयो महान चाड बडादशैं, आज जमरा राख्ने दिन

Related posts