धरापमा खच्चर व्यवसाय

जिल्लाको ग्रामीण भेगमा ढुवानीको प्रमुख साधन मानिएको खच्चर व्यवसाय धरापमा पर्दै गएको छ । भौगोलिक हिसाबले दुर्गम जिल्लाको रुपमा चिनिएको म्याग्दीमा गाउँगाउँमा मोटर बाटोको कारण यातायातको सुविधा भएपछि खच्चर व्यवसाय धरापमा परेको हो ।
कुनै समय म्याग्दी सदरमुकाम बेनी र म्याग्दीको द्रोस्रो ठुलो बजारको रुपमा रहेको दरबाङबाट बजारबाट गाउँगाउँका सामानहरु ढुवानी गर्ने खच्चर व्यवसायीहरु यायातायातको साधन गाउँगाउँमा पुगेपछि विस्थापीत हुन लागेका हुन् ।
“पहिला पहिला बेनी, दरबाङबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो आइसके पछि ढुवानीसमेत पाँउदैन, सबै ट्क्याक्टर, जिपले नै घरघरमा सामान पुराउँछ । यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ”, धौवलागिरी गाउँपालिका–२ लुलाङका खच्चड व्यवसायी लोकेश श्रीपालीले गुनासो गर्नुभयो ।
अहिले गाउँमा नै घाँस दाउरा काट्ने त्यही खच्चडलाइ बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम गरिरहेको उहाँले बताउनु भयो ।
सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेका छन् । खच्चर बिक्री गर्न खोज्दा समेत बिक्री हुँदैन, कहाँ जाने के गर्ने यतिन्जेल पालेको खच्चरको माया लाग्छ । गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं अर्का खच्चर व्यवसायी अमृत श्रीपालीले भन्नु भयो ।
मुलुकम संघीय व्यवस्था लागू भएसँगै अस्तित्वमा आएका स्थानीय सरकारहरुको प्रमुख उद्देश्य नै अहिले गाउँ गाउँमा मोटर बाटो पु¥याउनु हो । म्याग्दी जिल्लाको विकट क्षेत्र मानिने म्याग्दीमा धवलागिरी गाउँपालिकाको गुर्जाबाहेक अन्य स्थानहरुमा घुमाउरो बाटो बनाएरै भए पनि मोटरबाटो पुगिसकेको छ । जसका कारण गाउँमा यातायातकै साधनमार्फत् सामान छिटो र सुरक्षित तवरले पुग्न थालेको छ । साधनहरु सुरक्षित र छिटो आउने भएकाले आफुहरुले पनि यातायातको साधनको प्रयोग गरेको गाउँलेहरु बताउँछन् । बिक्रीसमेत नहुने भएकोले खच्चको व्यवस्थापनमा समस्या भैरहेको व्यवसायी गुनासो छ । पहिलेका तुलनामा जिल्लाभित्र अहिले खच्चरको संख्या समेत तेब्बर घटेको छ ।
गाउँगाउँमा मोटरबाटो पुगेपछि ढुवानीमा सहज भएको छ । मोटरबाटोका कारण गाउँगाउँमा सहजता पुगेता पनि जथाभावी रुपमा खनिएको मोटरबाटो जिल्लाको विकासका लागि बाधक समेत बनेको छ । गत असार २५ धवलागी गाउँपालिका ६ मराङ र मालिका गाउँपालिकाको विममा मोटर बाटोको कारण नै पहिरो जाँदा २८ जनाले ज्यान घुमाउनु परेको थियो । त्यसैगरी जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा पनि मोटर वाटोका कारण नै खच्चड व्यवसायहरु धारापमा परेका छन् । प्रर्यटकी क्षेत्रको रुपमा परीचीत घोडेपानीका खच्चड व्यवसायीहरु पनि यतीबोला खच्चडमा घाँस दाउरा बोकाउन बाध्य भएको घोडेपानीका स्थानीय व्यवसायी वलराम पुनले बताउनु भयो । उहाँले भन्नु भयो । पहिले हामीले पनि मोटरबाटो नआँउदा खच्चरमा नै ढुवानी गर्ने गरेका थियौं तर अहिले गाउँका प्राय सबैले यातायातका साधनहरु मार्फत नै ढुवानि गर्ने गरेका छौं । छिटो र सुरक्षीत तरीकाले सामानहरु आउन थाले पछि यातायातकै साधन बाट ढुवानी गर्ने गरेको उहाँले बताउनु भयो ।

You can share this post!

सनसाइन युवा क्बलबद्धारा राखिएको माहाशिवरात्री मेला शुरु

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

Related posts