भीम रावल हटे लेखराज भट्टराई बने सुदूरपश्चिम प्रदेश इन्चार्ज

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज बाट भीम रावललाई हटाइएको छ । उनलाइ हटाएर प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ ।ऐमाले अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्नु भएको हो । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।
त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

You can share this post!

अष्टलक्ष्मी शाक्य हटीनन् बादलबने बागमती प्रदेश इन्चार्ज

बादलसहित माओवादीका २२ नेता एमाले केन्द्रीय सदस्य मनोनित

Related posts