१३ जना म्याग्देलीमा कुष्ठरोग, जनसंख्याका आधारमा गण्डकी प्रदेश भित्र म्याग्दीमा धेरै रोगी

म्याग्दी जिल्लामा १३ जनामा कुष्ठरोगका विरामी भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक बर्ष २०७६ असार मसान्त सम्म १० जना र त्यस पछि पुस मसान्त सम्म तिन जना थपको पहिचान भै १३ जनामा कुष्ठरोग पहिचान भएको हो । हाल ७६ असार मसान्त र पुष मसान्तमा पहिचान भएका १३ जनाले नै उत्त रोग निको पार्नका लागि नेपाल सरकारबाट प्रदान गरिने निसुल्क औषधि सेवन गरिरहेको जिल्ला स्वाथ्यकार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।


जिल्ला स्वाथ्य कार्यालय म्याग्दीको आयोजनामा ६८ औं कुष्ठरोग दिवस तथा अपाङ्गता दिवसको अवसरमा आयोजना गरिएको पत्रकार सँगको अन्तरक्रिया कार्याक्रममा लम्सालले हाल १३ जना म्याग्देलिहरुले औषधी सेवन गरीरहेको बताउनु भयो । कुष्ठरोग समयमा नै उपचार गर्न पाए पूर्ण रुपमा निको पार्न सकिने तर समयमा उपचार हुन सकेन भने रोगीहरु अपाङ्गता हुन सक्ने लम्सालले बताउनु भयो । उहाँले नेपालमा प्रति दश हजारमा १ जना भन्दा कम रोगि भएका कारण अन्तराष्ट्रय मान्यता अनुसार नेपाललाइ २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको देश भनेर घोषण गरीए पनि पुर्ण रुपमा निवारण नभएको बताउनु भयो । अन्य जिल्लाका तुलनामा म्याग्दी जिल्ला जनसंख्याका आधारमा गण्डकी प्रदेशमा भित्र कुष्ठरोगका धेरै विरामि भएको जिल्लामा पर्ने लम्सालले बताउनु भयो । गण्डकी प्रदेश भित्र हाल ९१ जना नयाँ कुष्ठरोग भएका विरामिहरुको पहिचान भएको छ भने प्रदेश भित्र कै १०० जना विरामिहरु उपचाररत रहेका छन् ।


कुष्ठरोग लागेर उपचार नगरेका मानिस सँग लामो समय सम्म सम्पर्कमा रहेमा यो रोग अर्काे मान्छेमा सर्न सक्ने छ तर उपचार पाएका र उपचारका क्रममा रहेका विरामिहरु सँग सँगै खाँदा बस्दा भने यो रोग सर्दैन । देश भरी ९५ प्रतिशत मानिस सँग यो रोग सँग लढ्न सक्ने क्षमता भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

उपत्यकामा बर्डफ्लु, २ हजार ५ सय ४४ पन्छी नष्ट

गण्डकी प्रदेशकाे सामाजिक विकासमन्त्री पुनको पहलमा धौलागिरी-४ नेरवाङकी २६ वर्षिय सुत्केरीकाे उद्दार

Related posts