क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल

म्याग्दी । क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का सचिवमा कल्पना खत्री, कोषाध्यक्षमा रोजीना क्षत्री, सह–सचिवमा शोभा खड्का र सह–कोषाध्यक्षमा आशा बानियाँ खड्का रहेको कार्यसमिति चयन गरिएको संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसीले जानकारी दिनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले समाजमा जातीय एकता र सद्भाव कायम राख्न आवश्यक रहेको बताउनुभयो । आफ्नो समुदायका महिलाहरुलाई सक्षम बनाउदै सामाजिक गतिविधिहरुमा सक्रिय बनाउन उहाँले क्षत्री महिला समाजका नवनिर्वाचित कार्य समितिलाई आग्रह समेत गर्नुभएको छ ।

छैठौं बार्षिक साधारणसा एवम् तेस्रो अधिवेशनमा क्षेत्री समाज नेपालको केन्दिय्र सदस्य अमृतदेवी बानियाँ क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, क्षेत्री समाजका पुर्व अध्यक्ष लगायतले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा सचिव पुष्पा थापाले संचालन तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष कल्पना खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समाजका अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सञ्जु बरुवालले राख्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा विहिबार सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको सातौ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष ध्रुव जिसी, सचिव विजुन केसी, सहसचिव सुनिल बानियाँ र सदस्य तथा प्रवक्ता जीवन कार्कीलाई क्षत्री महिला समाजको तर्फबाट नेपाली ढाका टोपी लगाएर सम्मान गर्दै हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना प्रकट गरिएको थियो ।

 

You can share this post!

ओम कुमारी शान्ति कोषको अध्यक्षमा पत्रकार हरिकृष्ण गौतम चयन

अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन

Related posts