म्याग्दीमा समानुपातिक मतगणना सकियोः एमालेलाई लोकप्रीय मत

म्याग्दी । म्याग्दीमा समानुपातिकतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना शुक्रबार दिउँसो सकिएको हो ।

मुख्य निर्वाचन कार्यालयद्वारा सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ नेकपा एमालेलाई सवैभन्दा धेरै मत प्राप्त भएको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २ सय ७३, नेपाली काँग्रेसले १३ हजार ६ सय ९३, नेकपा माओवादीले ९ हजार ७० मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय ५३, मंगोलले ९ सय १९, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ५ सय ७९, एकिकृत समाजवादीले २ सय ८५ र राष्ट्रिय जनमोर्चाले ८८ मत प्राप्त गरेका छन ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ जिल्लामा कुल ५० हजार ३ सय ७८ मत खसेको थियो । जसमध्य ४७ हजार ७ सय ३२ मत सदर र २ हजार ६ सय ४६ म तबदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरि प्रदेशसभातर्फको समानुपातिकमा नेकपा एमालेलाई १९ हजार १ सय २१, नेपाली काँग्रेसलाई १५ हजार ७ सय ३३, नेकपा माओवादीलाई ७ हजार ४ सय ३, मंगोललाई १ हजार २ सय ४७, राप्रपालाई १ हजार १ सय ४३, नेकपा एसलाई ४ सय ८४, राष्ट्रिय जनमोर्चालाई २ सय ४९ मत प्राप्त भएको छ ।

प्रदेश समानुपातिकतर्फ जिल्लामा जम्मा खसेको मत ४९ हजार ५ सय ४० मध्य सदर ४६ हजार ४ सय ८० र बदर मत ३ हजार ६० मत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

You can share this post!

बेनीमा गठवन्धनको विजय उत्सवः संघ र प्रदेशको प्रयाप्त बजेट म्याग्दीमा ल्याउने प्रतिवद्धता

म्यादी जेसिजद्वारा विद्यार्थीहरुलाई निशुल्क स्वीटर वितरण

Related posts