सर्वसाधरण कै लापरबाहीले बढ्दै म्याग्दीमा कोरोनाको संक्रमण

हिमाली जिल्ला म्याग्दीमा सर्वसाधरणको लापरवाहीकै कारण कोरोना संक्रमणदर बढ्दै जान थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारी पक्षबाट अनेक प्रयास भै रहदाँ पनि आम सर्वसाधरण सचेत नहुँदा कोरोना संक्रमणको जोखीम बढ्दै जान थालेको हो । देश भरी कोरोनाले माहामारीको रुप लिई रहेका बेला म्याग्दीमा पनि केही सर्वसाधरणहरु भौतिक दूरी समेत कायम नगरी माक्सको प्रयोग बिना खुलेआम हिडी रहेका कारण कोरोना संक्रमण बढ्दै जान थालेको हो ।
पछिल्लो तिन दिनमा मात्रै म्याग्दी जिल्लामा कोरोना संक्रमणको दर तेब्बरले बृद्धि भईरहेको छ । सर्बसाधरणहरुले स्वाथ्य मापडण्ड पालना नगर्दा समस्या भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
त्यसैगरी स्थानीबुद्धीजिवी, जनप्रतिनीधी, कर्मचारी र सुरक्षाकर्मी, मिलेर कोरोना संक्रमण रोक्नका लागि स्वाथ्य मापडण्ड पालना गर्न आग्रह गरेपनी केही मानिसहरुको अटेरीका कारण जिल्लामा संक्रमण को जोखि बढेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनु भयो ।
स्थानीयहरुले व्यवसायीक क्षेत्रमा सावधानी नअपनाउनु र कोरोनालाइ सामान्य सोचेर मानिसहरुले लापारवाही गर्नाले जिल्ला थप जोखीमा परेको बेनी नगरपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताउनु भयो । म्याग्दीमा पछिल्लो ३ दिनमा लक्षण सहित चेकअप गर्न आएका बिरामीहरु चेक जाँच गर्दा ४६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण तृव्र गतीमा बढी रहदाँ पनि सर्वसाधरणहरुले स्वाथ्य मापडण्ड नअपनाउने हो भने छिट्टैे जिल्ला कोरोनाको चपेटामा पर्ने देखिन्छ ।

You can share this post!

मिर्गौलाकाे उपचारकै क्रममा ज्यान गुमाएकी श्रीपालीको दुधे बालबच्चालाइ आर्थिक सहयोग

गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा दीपक मनाङे

Related posts