गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा दीपक मनाङे

गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजी गुरुङ (दिपक मनाङेलाइ ) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री गुरुङलाइ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका छन् । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् ।

You can share this post!

सर्वसाधरण कै लापरबाहीले बढ्दै म्याग्दीमा कोरोनाको संक्रमण

तातोपानीमा प्रकृतिक चिकित्सालय खोलिने

Related posts