रघुगंगामा पालिका अध्यक्ष चढ्ने गाडी व्यापारीक प्रयाेजनका लागि प्रयाेग

म्याग्दीको रघुगंगा गाउँपालिकाकाे अध्यक्ष चढ्ने गाडिकाे दुरूपयाेग भएकाे पाइएकाे छ । अध्यक्ष भव बहादुर भण्डारी चढ्ने गाडी व्यापारीक प्रयोजनका लागी  प्रयोग गर्ने गरेको पाइएको हाे। पालिका भित्र रहेका योजनाहरुमा पावर र पहुँचको भरमा अाफ्नै डोजरले काम गर्ने र  व्यत्तिगत डाेजरमा हाल्ने तेल समेत पालिकाकाे गाडि मार्फत नै ढुवानी गर्दै आउने गरेको आरोप सहित सामाजिक सञ्जालमा सञ्जालका प्रयोग कर्ताहरुले तस्बिर सार्वजनीक गरीरहेका छन् ।

तस्बिरमा पालिकाको गाडी अध्यक्ष भण्डारीको घर अगाडि डोजरमा हाल्ने तेलका सहित त्रिपालले ढाकेको अवस्थामा देखिन्छ । सामाजिक सञ्जाल कर्ताहरुले एक बर्ष अगाडि खिचिएकाे फाेटाे भन्दै केही मानिस बाेक्न र व्यत्तिगत डोरजरमा हाल्ने तेल बोक्नका लागी गाउँपालिकाको गाडि प्रयोग भएको भन्दै तस्बिरहरु बाहीर ल्याएका छन् । यस बिषयमा चौतर्फी बिरोध भईरहे पनि रघुगंगा गाउँपालिकाले भने समाचार तयार पार्दा सम्म कुनै धारणा बाहिर ल्याएको छैन ।

You can share this post!

बुधबारदेखि कास्कीमा पनि निषेधाज्ञा

मिर्गौलाकाे उपचारकै क्रममा ज्यान गुमाएकी श्रीपालीको दुधे बालबच्चालाइ आर्थिक सहयोग

Related posts