एकजित रोकाको संयोजकत्वमा राष्ट्रिय युवासंघ म्याग्दीको तर्दथ समिती गठन

नेकपा एमाले निकट युवाहरुको संघगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको तदर्थ समिती गठन भएको छ । आइतबार सदरमुकाम बेनी स्थीत पार्टीकार्यालय हाँडेभिरमा एमाले निकट सक्रिय युवाहरुको भेलाले जिल्ला स्तरीय राष्ट्रिय युवा संघको तदर्थ समिती गठन गरेको हो ।
भेलाले युवा संघ म्याग्दीका नेता एकजित रोकाको संयोजकत्वमा, विजय घर्ती मगर सह–संयोजक, शिशिर शाही सचिव, महेन्द्र बोहोरा सह–सचिव र प्रदिप पाइजा कोषाध्यक्ष रहेको एक सय २१ सदस्यीय सम्मेलन आयोक कमिटीको तदर्थ समिती गठन गरेको सम्मेलन आयोजक कमिटी म्याग्दीका सचिव शिशिर साहीले बताउनु भयो ।


कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले मुल पार्टी र चुनाव चिन्ह्र सुर्य भएको एमाले पार्टीको अध्यक्षमा केपी ओली नै भएको र हाल पनि एमालेकै सरकार ओलिको नेतृत्वमा वर्तमानअवस्थामा रहिरहेको बताउँदै उहाँले सबै युवाहरु एक भएर युवाहरुको संगठन निमार्ण तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले “भाइफुटे गबार लुटे” भन्ने उखान रहेको बताउँदै आन्तरीक किचलो भन्दा पनि पार्टीको संगठनात्मक एकता आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा वोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रय सचिवालय सदस्य तथा धवलागिरी गाउँपालिका म्याग्दीका उपाध्यक्ष रेशम छन्त्यालले युवाहरु अब नेतृत्व लिनका लागि अगाडि बढ्नु पर्ने बताउनु भयो । पार्टी अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले युवाहरुबाट धेरै सपना देखेको बताउँदै युवाहरुले पार्टी अध्यक्ष ओलीको सपना पुरा गर्नु उहाँहरुले बताउनु भयो । समाजको रुपान्तरणको रुपमा चिनीने युवाहरु पार्टीको नेतृत्व लिन तर्फ लाग्नु पर्ने उहाँहरुको भनाइ थियो ।
राष्ट्रिय युवा संघ म्याग्दीका निर्वतमान संयोज तथा केन्द्रय सचिवालय सदस्य प्रविण शाहीको अध्यक्षतामा सम्पन्न भएको युवा भेला कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दिनेश केसीले गर्नु भएको थियो ।
पछिल्लो समय माओवादी र एमाले पहिलेकै अस्तित्वमा गए पस्चात ऐमाले निकटका संगठनहरु पुन गठन गर्न थालिएको छ । सोही कार्यक्रम अन्तरगत शनिवार पनि अनेमसंघ रघुगंगा गाउँपालिकामा तदर्थ समिती गठन गरीएको थियो ।

You can share this post!

अवैध रूपमा बसेका छन् ४ लाख नेपाली महिला कामदार खाडी र मलेसियामा

भुमेथान कृषि आमा समूहको नवनिर्मित भवनको उद्घाटन

Related posts