भरतपुरबाट बेपत्ता बनेका पर्वतका एक यूवा, पर्वत, म्याग्दी आसपास रहेको भन्दै खोजी गरिदिन अपिल

चितवनको भरतपुर म.न.पा हाकिम चोकमा बस्दै आएका पर्वतका सञ्जय चापागाईं लामो समय हुँदा पनि घर फर्किएका छैनन् । पर्वतको मोदी गाउँपालिका वाडा नं. २ देउपुरमा घर भै भरतपुर म.न.पा हाकिम चोक बस्दै आएका २१ बिर्षिए चापागाईंलाई आफन्तहरुले खोजी कार्य गरीरहे पनि अझै फेला परीरहेका छैनन ।


एपोलो डेन्टल चौविस कोठि भरपुरमा केही समय देखि कार्यरत उनि चैत्र २ गते साँझ ५ः१५ बजे डेन्टल बाट कालो कोट र कालो पाइन्टमा साइकल लिइ निश्कीएका थिए । उनलाइ केही दिन अगाडि उनलाइ कुश्ममा केही मान्छेले देखेको भन्ने आए पछि धौवलागीरी अञ्चल भित्रका पर्वतको कुश्मा, म्याग्दी सदरमुकाम बेनी र बागलुङमा खोजी कार्य गरीरहेका छौं उनका आफन्त सफल रेग्मीले भन्नु भयो ।
“हामीले कतै आफन्त तथा साथीभाई सगँ रहेका छन कि भनेर सबै सग सम्पर्क गर्यौ तर कसैसँग पनि सम्पर्कमा भएको सुचना प्राप्त भएन । प्रहरी लाई खबर गरिसकेका छौ, खोजी कार्य जारी छ , कसैले केहि सुचना पाए खबर गरि सहयोग गरिदिन सबैमा बिशेष अनुरोध गर्दछौ।” सञ्जयका आफन्त रेग्मीले भन्नु भयो ।
हामीले यतिवेला पर्वत, म्याग्दी बाग्लुङ, पोखरा चितवन काठमाडौं लगाएतका क्षेत्रमा छरीएर खोजी कार्य गरीरहेका छौं उहाँले भन्नु भयो कालो कोट र कालो पाइन्ट लागाएको बर्ष २१ को हुलियाका आधारमा उस्तै देखिएमा नजिकैको प्रहरी कार्यलय वा ९८६७७०८१८२÷९८६७७४३९८० मा सम्पर्क गरी सहयोगका लागि सबैमा अनुरोध गरेका छौं ।

You can share this post!

चिमखोलामा भुमेपुजा मेला शुरुः– मेलाको अवसर पारी खेलकुद मैदान उद्धघाटन

जेठ ३० मा स्ववियु निर्वाचन

Related posts