जनगणनामा म्याग्दीका मात्रै २२४ जनाले रोजगारी पाउँदै छन्

राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर म्याग्दीमा जनगणनाको तयारी सुरु गरिएको छ । म्याग्दी जिल्लामा मात्रै जनगणना गर्दा २२४ जनाले रोजगारी पाउने भएका छन् । ४५ वटा वडामा स्नातक तह उत्तिर्ण गरेको ४२ जना सुपरिक्षक र प्लस टु पास गरेको १ सय ८२ जना गणक लाई रोजगारीको बाटो खुलेको जिल्ला जनगणना कार्यालयले जानाकारी दिएको छ ।
गणककाले एक महिना र सुपरिक्षले २ महिना रोजगारी पाउने भएका हुन् । यस भन्दा अगाडि ग्रमिण क्षेत्रमा रहेका शिक्षक तथा कर्मचारी हरुलाइ कर्मचारी राखेर गरीने जनगणना अहिले शैक्षिक वेरोजगारीहरु लाइ केही मात्रामा राहत होस् भनेर सरकारले रोजगारीमा नभएकाहरुको लागी चैत्र ११ गते सम्म भर्न मिल्लने गरी अनलाइन फर्म खुलाएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनु भयो ।


जनगणनामा खटिने सुपरिबेक्षक र गणकहरु मा स्थानियलाई प्राथमिकता दिईने सापकोटाले बताउनु भयो ।
साथै मंगला, मालिका र धवलागिरी गाउँपालिका लाई लक्षित गरेर दरवाङमा र वेनी नगरपालिका , रघुगंगा र अन्नपुर्ण गाउँपालिका लाई लक्षित गरेर बेनीमा स्थानीय जनगणना कार्यालयको समेत स्थापना गरीने भएको छ ।

You can share this post!

कम्रेड तर जनता नमार

बेनीमा लाेक साँस्कृति उत्सव हुने

Related posts