कम्रेड तर जनता नमार

जाऊ ,आऊ भेला गर , मेला भर ,
भ्रम छर , सत्ताको हरियो चौरमा चर ,
चर्दै गर्दा सीङले एकले अर्कोलाई हान्ने गर ,
दह्रो पुच्छर उमार र पुच्छर लतार ,
पुच्छरले नै चौरमा प्वालै प्वाल पार ,
टालटुले निधो गर , झारा टार ,लपस्तरो कुरा गर ,
जनताको आँखाभरि छारो छर ,
मनभित्र भ्रम भर , एकठाउँबाट अर्कोतिर सर ,
रातो खोलो बगाऊ तर जनतालाई नदेऊ डर ,
खोलो एक्लै तिमी तर , जे गर्ने हो सबै गर
कम्रेड तर जनता नमार ।
लेखक पाैडेल साधरणा व्यत्ती हुनु हुन्छ । उहाँले नेपाली भाषा बाट स्नाकाेत्तर उत्तीर्ण गर्नु भएकाे छ । छाेटकरीमा साहित्यकाे माध्यम बाट मिठाे व्यङ्ग गर्ने पाैडेलकाे घर जलजला गाउँपालीका ५ लेखफाँट हाे  ।

You can share this post!

हेम मावि शिवाङ्गका विद्यार्थीहरु कम्युटर ल्यावमा नै बसेर पढ्न पाउँदा खुसी

जनगणनामा म्याग्दीका मात्रै २२४ जनाले रोजगारी पाउँदै छन्

Related posts
error: Content is protected !!