सनसाइन युवा क्बलबद्धारा राखिएको माहाशिवरात्री मेला शुरु

खेलकाे बिकास र ठाउँकाे पहिचना मन्ने मुल उद्देश्यका साथ बेनपा ५ बगुवा खोला रहेको सनसाइन युवा क्लवले माहाशिवरात्रीको अवसरमा आयोजना गरेको माहाशिवरात्री मेलाको शुरु भएको छ । मेलालाइ सम्बोधन गर्दै बेनपा ५ का वडा अध्यक्ष लक्षुमण बाँनियाँले कोरोना माहामारीका कारण थला थला प्रर्यको पर्यटन व्यवसायलाइ यस मेलाबाट सहयोग हुने बताउनु भयो । त्यसैगरी विशिष्ट अथिती तथा निमार्या व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले खेलकुद क्षेत्र लाइ पनि व्यवसायिक रुपमा अगाडि बढानु पर्ने बताउनु भयो । उहाँले युवाहरु गाउँको विकासको पहरेदार रहेको बताउँदै विकासका लागि युवाको एकजुटको आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी वडा सदस्य रामप्रसाद सुवेदीले खेल क्षेत्रबाट पनि राष्ट्रको नाम अन्तराष्ट्रिय रुपमा चिनाउन सकिने भन्दै खेल क्षेत्रमा युवाहरुले अलि बढी लगाव दिनु पर्ने बताउनु भयो । सोमबार बाट शुरु भएको मेलामा पुरुष भलिवल खेलमा मात्रै २५ टिमको सहभागीता रहेको क्लवका संरक्षक विसाल वानियाँले बताउनु भयो । क्लव अध्यक्ष विज्ञान के.सी अध्यक्षतामा सम्पन्न् मेलाको उद्घाटन प्रमुख अतिथि बाँनिया र विशिष्ट अतिथि जिसी द्दयले पहिलाे सर्बिस गरेर गर्नु भएकाे थियाे । कार्यक्रममा सदस्य विमल बाँनियाले स्वागत र सदस्य सन्दिप खत्रीले सञ्चालन गर्नु भएको थियो । मेलाको अवसरमा पुरुष भलिव, महिला÷पुरुष लठो तान्ने, पुरुष छेलो, अन्धनिशान जस्ता प्रतियोगिताको आयोजना गरीएको छ । भलिव तर्फ प्रथम हुनेले तिस हजार नगद र मेडल, प्रमाण पत्र र द्धितिय हुनेले पन्द्र हजार मेडल र प्रमाण पत्र पाउने क्लवले जनाएको छ ।
त्यसैगरी लठो तान्ने प्रतियोगितामा प्रथम हुनेले तिन हजार र द्धितिय हुनेले एक हजार आठ सय र प्रमाण पत्र पाउने छन् । छेलोमा प्रथम हुनेले एक हजार पाँच सय पाउने छ भने । अन्धनिशानमा प्रथम हुनेले एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

You can share this post!

सनसाइन युवा क्बलबद्धारा माहाशिवरात्री मेला

धरापमा खच्चर व्यवसाय

Related posts